इन्टरनेटको कुलतबाट जोगाउने जोखिम
Published
इन्टरनेटमा बालबालिकाको पहुँच बढेसँगै कुलतमा फस्ने डरले अभिभावकहरु चिन्तित देखिएका छन्।
जानकारहरुका अनुसार इन्टरनेटको माध्यमबाट बालबालिका यौन दुर्व्यवहार तथा बाल अपराधको शिकार हुनसक्छन्।
त्यस्तै इन्टरनेटमा उपलब्ध विभिन्न प्रकारका मनोरञ्जन तथा खेलमा बालबालिका छिट्टै आकर्षित हुनेहुँदा उनीहरुको ध्यान बौद्धिक विकासमाभन्दा अन्यत्र बढी जाने बताइन्छ।