संक्रमणका खेलाडी

बीबीसी नेपाली सेवाले नयाँ श्रृङ्खला ‘संक्रमणका खेलाडी’ शुरू गरेको छ।
यसमा मुख्यतया नेपालको लम्बिंदो संक्रमणमा विदेशी शक्तिहरूको कस्तो भूमिका छ भन्नेबारे चर्चा गरिनेछ।
विदेशी शक्तिहरूलाई दोष देखाइ नेपाली राजनीतिज्ञहरू आफ्नो जिम्मेवारीबाट पन्छन खोजेका भन्ने पक्षलाई पनि कार्यक्रमले नियाल्ने छ।
त्यस्तै नेपाली राजनीतिज्ञहरूले नै विदेशी शक्तिहरूलाई खेल्ने ठाउँ दिने गरेका भन्ने आलोचनाबारे यो श्रृङ्खलाले खोतल्ने प्रयास गर्नेछ।
विदेशी राजदूतहरू लगायतसित कुराकानी गरी तयार पारिएको यस श्रृङ्खलाले नेपाली राजनीतिज्ञ तथा विश्लेषकहरू एवं अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूका भनाइहरू पनि समेट्ने छ।
लम्बिंदै गएको अस्थिरताको कारणका रूपमा हेरिएका विभिन्न मुद्धाहरूमाथि यस कार्यक्रमका भागहरू केन्द्रित रहनेछन्।
त्यसमा देशभित्र देखिएका जटील राजनीतिक विषयहरूका साथै नेपालको राजनीतिलाई प्रभावित तुल्याउने गरेको भनिएका क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मुद्धाहरू केलाउने प्रयास गरिनेछ।





















