BBC News, नेपाली - होमपेज
मुख्य समाचार
'ठूलाबडाले दशैँ मानून्, हाम्रो त हेरेरै जाला' : चाडबाडको रौनकबीच होल्डिङ सेन्टरका सुकुम्बासीको पीडा
भक्तपुरको खरिपाटी र बोडे तथा काठमाण्डूको इचङ्गुस्थित होल्डिङ सेन्टरमा सयभन्दा बढी सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले उनीहरूको रेखदेख गर्दै आएको छ।
प्यारिसमा विरोध प्रदर्शन दङ्गा र लुटपाटमा परिणत, जलेका कार र फुटेका सिसा सडकमा छरपस्ट
विद्यालयका समस्या र बढ्दो महँगीविरुद्धको प्रदर्शनमा पाँच लाखभन्दा बढी मानिस सहभागी हुँदा देशभर अशान्ति फैलिएको बताइएको छ।
भिडिओ, ८ महिना मखुन्डो लगाएर अनि ४ महिना मखुन्डोबिना नाचिने नवदुर्गा नाच, समयावधि 4,10
विभिन्न बाजाको ताल र भाकामा प्रस्तुत हुने नाच विभिन्न तिथिमितिमा भक्तपुरका विभिन्न २१ स्थानमा तथा काठमाण्डू उपत्यकाका आसपासका शक्तिपीठ तथा बस्तीहरूमा प्रदर्शन गरिन्छ।
दशैँतिहार र नेपाली मूलसँग जोडिएको भावनाबारे ब्रिटेनमा बस्ने नयाँ पुस्ता
ब्रिटेनमा बसोबास गर्ने दिवस, दीक्षा र सुष्माजस्ता थुप्रै युवाले आफ्नो व्यस्त र आधुनिक जीवनशैलीका बीच पनि नेपाली चाडपर्व, परम्परा धानिरहेका देखिन्छन्।
दुर्गा पूजामा भागदौड, कसरी ७ मिनेटमै वातावरण शोकमा परिणत भयो
पूजामा सहभागी हुन कोलकाता बाहिरका विभिन्न जिल्लाबाट उनीहरू त्यहाँ पुगेको अनुमान गरिएको छ।
'घरपरिवारप्रतिको जिम्मेवारी झल्काउँदै' दशैँ तिहार आसपास झन्डै एक चौथाइ रेमिटेन्स
अघिल्लो वर्ष नेपालमा २३ खर्ब ६३ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो जुन देशको कुल गार्हस्थ्य उत्पादनको ३५.८ प्रतिशत भएको अधिकारीहरूले बताएका छन्। कुल रेमिटेन्सको महत्त्वपूर्ण अंश चाडबाडको समयमा नेपालमा भित्रन्छ।
नेपाली मुद्राको 'पहिलो अफशोर बन्ड' के हुँदै छ, विश्व ब्याङ्कसँग सम्झौता भएको बन्ड कस्तो हो
आईएफसी र एडीबीले पूर्वाधारका परियोजनाका लागि बन्ड बिक्री गर्ने नेपाली मुद्राको 'पहिलो अफशोर बन्ड' को विषयमा कस्तो प्रगति?
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, बाढीबाट विस्थापित ज्येष्ठ नागरिकलाई कस्तो हेरचाह र संरक्षण चाहिन्छ, समयावधि 4,27
विपद्बाट प्रभावित ज्येष्ठ नागरिकहरूलाई कस्तो खालको स्वास्थ्य तथा मानसिक हेरचाह आवश्यक पर्छ?
भिडिओ, बाढीपछि विस्थापित भएर राजधानी पुगेका पीडितहरूलाई कस्तो सेवा उपलब्ध छ, समयावधि 1,26
आफ्नो जिल्ला छोडेर अन्यत्र गएका बाढीपीडितहरू राहत पाउने प्रक्रियाबाट वञ्चित भइन्छ कि भनेर चिन्तित छन्।
भिडिओ, बाढीमा अभिभावक गुमाएका बालबालिकालाई राज्यले कसरी हेर्छ, समयावधि 3,33
राज्यले अभिभावक गुमाएका बालबालिकालाई कसरी दीर्घकालीन रूपमा शिक्षा, लालनपालन र संरक्षण गर्छ?
भिडिओ, विपद्का घटनापछि अपाङ्गता भएका मानिसलाई ठूलो सास्ती, समाधान के त?, समयावधि 3,19
गत भदौ महिनाको बाढीपछि प्रभावित क्षेत्रमा भएका अपाङ्गता भएका मानिसहरूलाई थप सहयोगको खाँचो परेको छ।
भिडिओ, विपद्पछि देखा पर्न सक्ने दीर्घकालीन मानसिक समस्याबाट कसरी जोगिने, समयावधि 2,05
ठूलो विपद् र अकल्पनीय शोकपछिको सामान्य प्रतिक्रियास्वरूप मानिसमा निराशा उत्पन्न हुने भए पनि त्यो अवस्थाबाट बिस्तारै बाहिर निस्किन नसके गम्भीर मानसिक समस्या निम्तिन सक्ने मनोचिकित्सकहरू बताउँछन्।










































