गढीमाई: आस्था र आलोचना

Published

मंसिर शुक्ल पूर्णिमाको षष्ठीदेखि पन्चमीसम्म गढीमाईको विशेष पूजा गरिन्छ जहाँ पाँच वर्षको एकपटक ठूलो संख्यामा पशुबली दिइन्छ।

गढीमाई मेला
तस्बिरको क्याप्शन, आफ्नो मनोकांक्षा पूरा गर्न देवीको नाममा भाकल गरेकाहरुले राँगालाई रातो कपडाले बेरेर, फूलको माला लगाइदिएर गढीमाईकहाँ लग्छन् र बलि दिनु अघि तिनको पूजा गर्छन्। (सबै तस्वीरहरु: लक्ष्मीप्रसाद ङाखुशी)
गढीमाई मेला
तस्बिरको क्याप्शन, मेला भर्न छिमेकी भारतबाट पनि लाखौं श्रद्धालुहरुको ओइरो लाग्ने गर्छ। यसपाली भारतको सर्वोच्च अदालतको आदेशपश्चात सीमापारिबाट ल्याइने पशुहरुको संख्या घटेको मेला आयोजकहरुले बताएका छन्।
गढीमाई मेला
तस्बिरको क्याप्शन, तान्त्रिक विधिबाट रातभर पूजा गरेपछि बिहान सबभन्दा पहिले सेतो मुसा र त्यसपछि सुंगुर, परेवा, हाँस, कुखुरा र राँगाको बलि चढाउने चलन रहेको छ।
गढीमाई मेला
तस्बिरको क्याप्शन, बलि दिनका लागि आवश्यक हतियारहरुको व्यापार गर्नेहरु पनि प्रशस्त थिए।
गढीमाई मेला
तस्बिरको क्याप्शन, मन्दिर प्रशासनले अनुमति दिएका व्यक्तिहरुले मात्र मार हान्न पाउने व्यवस्था छ।
गढीमाई मेला
तस्बिरको क्याप्शन, पशु अधिकारवादीहरुको विरोधका कारण गढीमाई मेलामा हुने बलिका बारे चौतर्फी चासो बढेको छ। तर स्थानियहरुले चाहीं आफ्नो परम्परामाथिको हस्तक्षेप भन्दै रोष प्रकट गरेका छन्।