ताप्लेजुंगको जनजीवन: तस्वीरमा

Published

नेपालको सुदूर पूर्वी जिल्ला ताप्लेजुंगको उच्च पहाडी क्षेत्रको ग्रामिण बस्तीका जनजीवनको केहि झलक तस्वीरमा।

जाडो महिना नजीकिंदै गर्दा ताप्लेजुङको हाङदेवाका किसानहरुलाई धानवारी थन्क्याउन भ्याई नभ्याई छ। सबै तस्वीरहरु: सिता मादेम्बा, बीबीसी नेपाली सेवा।
तस्बिरको क्याप्शन, जाडो महिना नजीकिंदै गर्दा ताप्लेजुङको हाङदेवाका किसानहरुलाई धानवारी थन्क्याउन भ्याई नभ्याई छ। सबै तस्वीरहरु: सिता मादेम्बा, बीबीसी नेपाली सेवा।
पूर्वी नेपालमा बार्षिक करिव ७ देखि ८ हजार मेट्रिक टन अलैंची उप्पादन हुन्छ । त्यो मध्ये ३५ प्रतिशत अलैंची ताप्लेजुङ जिल्लामा उत्पादन हुन्छ । ताप्लेजुंगको जौवारीमा अलैची सुकाउंदै स्थानीय किसान।
तस्बिरको क्याप्शन, पूर्वी नेपालमा बार्षिक करिव ७ देखि ८ हजार मेट्रिक टन अलैंची उप्पादन हुन्छ । त्यो मध्ये ३५ प्रतिशत अलैंची ताप्लेजुङ जिल्लामा उत्पादन हुन्छ । ताप्लेजुंगको जौवारीमा अलैची सुकाउंदै स्थानीय किसान।
गाउं गाउंमा परिश्रम गरेर सुकाएको अलैंची बोकेर विक्रीका लागि ताप्लेजुङको सदरमुकाम फूङलिङ लग्ने गरिन्छ।
तस्बिरको क्याप्शन, गाउं गाउंमा परिश्रम गरेर सुकाएको अलैंची बोकेर विक्रीका लागि ताप्लेजुङको सदरमुकाम फूङलिङ लग्ने गरिन्छ।
ताप्लेजुङको लेलेप गाउं। कंचनजंघा आधार शिविर जाने अधिकांश पैदल यात्री पर्यटकहरु यो गाउंमा बास बस्ने गर्छन्।
तस्बिरको क्याप्शन, ताप्लेजुङको लेलेप गाउं। कंचनजंघा आधार शिविर जाने अधिकांश पैदल यात्री पर्यटकहरु यो गाउंमा बास बस्ने गर्छन्।
आन्तरिक तथा बाह्य पर्यकहरु लेलेप स्थित ग्याब्लाकी फुटिक शेर्पा जस्ता खानेकुराका साना व्यवसायीहरुको आम्दानीको एउटा स्रोत हुन्।
तस्बिरको क्याप्शन, आन्तरिक तथा बाह्य पर्यकहरु लेलेप स्थित ग्याब्लाकी फुटिक शेर्पा जस्ता खानेकुराका साना व्यवसायीहरुको आम्दानीको एउटा स्रोत हुन्।
सन् २००६ सेप्टेम्बर २३ का दिन हेलिकप्टर दुर्घटनामा परी मृत्युभएका २४ जनाको स्मृतिमा थकाइ मार्ने विसौनी पनि बनाइएको छ। उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको पहाडी क्षेत्र ढुङजे नजिकै पर्छ ।
तस्बिरको क्याप्शन, सन् २००६ सेप्टेम्बर २३ का दिन हेलिकप्टर दुर्घटनामा परी मृत्युभएका २४ जनाको स्मृतिमा थकाइ मार्ने विसौनी पनि बनाइएको छ। उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको पहाडी क्षेत्र ढुङजे नजिकै पर्छ ।
 खम्वाचेन र घुन्सालाई हिउंले ढाकेपछी मंसीर अन्तिम सातादेखि फागुनसम्म हिउं छल्न खम्बाचेन र घुन्सावासीहरु फले गाउंमा झर्छन्। फलेमा मिङमा शेर्पा जस्ता बासिन्दाहरु खेतीपाति कामबाट होलो भएको बेला गलैंचा बुन्ने जस्ता कामहरु गर्ने गर्छन्।
तस्बिरको क्याप्शन, खम्वाचेन र घुन्सालाई हिउंले ढाकेपछी मंसीर अन्तिम सातादेखि फागुनसम्म हिउं छल्न खम्बाचेन र घुन्सावासीहरु फले गाउंमा झर्छन्। फलेमा मिङमा शेर्पा जस्ता बासिन्दाहरु खेतीपाति कामबाट होलो भएको बेला गलैंचा बुन्ने जस्ता कामहरु गर्ने गर्छन्।
एक पटकमा पचास किलोसम्म भारी बोक्न सक्ने याक ताप्लेजुंगको उच्च पहाडी क्षेत्रमा ढुवानीको भरपर्दो माध्यम हो। ताप्लेजुङ सदरमुकाम फुङलिङवाट दैनिक उपभोगका सामान वोकेर ल्याए वापत एक किलोको सय रुपैयां ढुवानी भाडा लाग्ने गर्छ।
तस्बिरको क्याप्शन, एक पटकमा पचास किलोसम्म भारी बोक्न सक्ने याक ताप्लेजुंगको उच्च पहाडी क्षेत्रमा ढुवानीको भरपर्दो माध्यम हो। ताप्लेजुङ सदरमुकाम फुङलिङवाट दैनिक उपभोगका सामान वोकेर ल्याए वापत एक किलोको सय रुपैयां ढुवानी भाडा लाग्ने गर्छ।