फेला पर्यो दुर्लभ जंगली चौरी गाई
Published
फेला पर्यो दुर्लभ जंगली चौरी गाई
जंगली जीवजन्तुको पहिचान गर्ने आधिकारिक संस्था त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्राकृतिक विज्ञान संग्रहालयले अनुसन्धानकर्ताहरुको प्रमाणका आधारमा फोटो र भिडियोमा पाइएको सो जनावर जंगली चौरी नै भएको भनी यसै साता पुष्टि गरिदिएको छ।
चीन, भारत र नेपालमा मात्रै पाइने जगंली चौरीको संख्या विश्वभरी झण्डै १५ हजार रहेको अनुमान छ।
हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटबाट ८ दिन हिंडेर पुगिने लिमि उपत्यकामा ६ वटा जंगली चौरी गाई भेटिएको फ्रेन्ड्स अफ नेचर नेपाल नामक वन्यजन्तुसम्वन्धी अनुसन्धान गर्ने संस्थाका अनुसन्धानकर्ताहरुले बताएका छन्।
करीब १०० दिन लगाएर गरिएको खोजीका क्रममा गत वर्ष जेठ महिनामा हुम्लाको लिमी गाविसमा जंगली चौरीको फोटो र भिडियो कैद गर्न सफल भएको उनीहरुको भनाइ छ।