भुकम्प अघि र पछि

Published

विश्व सम्पदा सूचीमा परेका नेपालका मठ, मन्दिर र प्राचीन स्मारकहरु शनिबारको शक्तिशाली भूकम्पका कारण ध्वस्त भएका छन्।

धरहरा, २७ अक्टोबर १९९८ का दिन र २६ एप्रील २०१५
तस्बिरको क्याप्शन, नेपालको राजधानी काठमाण्डूमा आएको ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पमा हजारौं मानिसले ज्यान गुमाएका छन् र धेरै घाइते भएका छन्। देशका थुप्रै ऐतिहासिक स्मारकहरु गम्भीर रुपमा क्षतिग्रस्त भएका छन्। धरहरा, २७ अक्टोबर १९९८ का दिन र २६ एप्रील २०१५ का दिन।
दरबार स्क्वायर,काठमाण्डू, १३ फेब्रुअरी २०१३ का दिन र २७ एप्रील २०१५ का दिन
तस्बिरको क्याप्शन, काठमाण्डू उपत्यकामा रहेका कम्तीमा चार युनेस्को विश्व सम्पदा क्षेत्र प्रभावित भएका छन्। तिनैमध्येका तीनवटा प्राचीन दरबार स्क्वायरहरु नराम्ररी प्रभावित छन्। काठमाण्डू दरबार स्क्वायर, १३ फेब्रुअरी २०१३ का दिन र २७ एप्रील २०१५ का दिन। उन्नाइसौं शताब्दीसम्मको राजदरबार पनि क्षतिग्रस्त छ।
दरबार स्क्वायर, फेब्रुअरी २०१५ र २७ एप्रील २०१५ का दिन
तस्बिरको क्याप्शन, धेरै घरहरु भग्नावशेषमा परिणत भएका छन्। काठमाण्डू दरबार स्क्वायर। फेब्रुअरी २०१५ र २७ एप्रील २०१५ का दिन।
धरहरा, स्याटेलाइट तस्वीर
तस्बिरको क्याप्शन, राजधानीमै सन १८३२ मा बनेको ६० मीटर (२ सय फीट) अग्लो नौ तले धरहरा ध्वस्त भएको छ। स्याटेलाइटबाट खिचिएको भूकम्प अघि र पछिको तस्वीर।
काठमाडौं रंगशाला, भूकम्प अघि र पछि
तस्बिरको क्याप्शन, रंगशाला र खेतबारी जस्ता खुला स्थानमा अस्थायी आश्रय स्थलहरु बनाइएका छन्। घर गुमाएकाहरु तथा भूकम्प र शक्तिशाली पराकम्पनका कारण घरभित्र पस्न डराएकाहरु आश्रय स्थलमा बसिरहेका छन्। भूकम्प अघि र पछि लिइएको काठमाण्डू रंगशालाको स्याटेलाइट तस्वीर।
भक्तपुर, २०१४ र २७ एप्रील २०१५ का दिन
तस्बिरको क्याप्शन, देशको उत्कृष्ट संरक्षित क्षेत्रका रुपमा रहेको भक्तपुर क्षेत्रका ८० प्रतिशत मन्दिर र आधाजसो भवनहरु ध्वस्त भएको प्रारम्भिक रिपोर्ट आएका छन्। असाध्यै प्रभावितमध्ये एकमा परेको पुरानो यो शहर राजधानीको पूर्वमा अवस्थित छ। भक्तपुरको २०१४ र २७ एप्रील २०१५ का दिनको तस्वीर।
भक्तपुर दरबार स्क्वायर, फेब्रुअरी २०१५ र एप्रील २०१५
तस्बिरको क्याप्शन, भूकम्पमा बाँचेकाहरुको खोजीमा सहयोग पुर्याउन उद्धारकर्ताहरुको अन्तर्राष्ट्रिय समूह र स्वास्थकर्मीहरु नेपाल आउने क्रम जारी छ। भक्तपुर दरबार स्क्वायर। फेब्रुअरी २०१५ र एप्रील २०१५।