जुम्लामा रोपाइँ रौनक

Published

वर्षा लागेसँगै कर्णालीको जुम्लालगायत देशका विभिन्न भागमा किसानहरु रोपाइँमा व्यस्त भइरहेका छन्।

नेपालको मुख्य बालीको रुपमा रहेको धानको उब्जनीलाई बृद्धि गर्ने उद्देश्यले नेपालमा विसं २०६२ देखि असार १५ गतेलाई धान दिवसको रुपमा मनाउन थालिएको हो। सबै तस्वीर: सरोज शाही/जुम्ला
तस्बिरको क्याप्शन, नेपालको मुख्य बालीको रुपमा रहेको धानको उब्जनीलाई बृद्धि गर्ने उद्देश्यले नेपालमा विसं २०६२ देखि असार १५ गतेलाई धान दिवसको रुपमा मनाउन थालिएको हो। सबै तस्वीर: सरोज शाही/जुम्ला
नेपालको सबैभन्दा उच्चस्थानमा फल्ने धान जुम्लामा पाइने भएकोले यहाँको कालीमार्सी धान निकै चर्चित मानिन्छ।
तस्बिरको क्याप्शन, नेपालको सबैभन्दा उच्चस्थानमा फल्ने धान जुम्लामा पाइने भएकोले यहाँको कालीमार्सी धान निकै चर्चित मानिन्छ।
यसपटक असारको मध्यसम्म पनि राम्रोसँग पानी नपरेकोले देशको करिब ९० प्रतिशत क्षेत्रमा रोपाइँ हुन सकेको छैन।
तस्बिरको क्याप्शन, यसपटक असारको मध्यसम्म पनि राम्रोसँग पानी नपरेकोले देशको करिब ९० प्रतिशत क्षेत्रमा रोपाइँ हुन सकेको छैन।
रोपाइँ गर्नु अघि पहिला भूमि पूजा गरेर अक्षताको रातो टिका लगाएपछि रोपाइँ सुरु हुने परम्परा छ।
तस्बिरको क्याप्शन, रोपाइँ गर्नु अघि पहिला भूमि पूजा गरेर अक्षताको रातो टिका लगाएपछि रोपाइँ सुरु हुने परम्परा छ।
देशभरी नै रोपाइं भइरहँदा रोपाहारहरु असारे गीत गाएर र हिलोमा नाचेर रमाइलो गर्ने चलन छ।
तस्बिरको क्याप्शन, देशभरी नै रोपाइं भइरहँदा रोपाहारहरु असारे गीत गाएर र हिलोमा नाचेर रमाइलो गर्ने चलन छ।
जुम्लामा सामुहिक रुपमा रोपाइँ गर्दा विद्यालयबाट विद्यार्थीलाई रोपाइँको जानकारी दिन खेतमा लग‌िएको थियो।
तस्बिरको क्याप्शन, जुम्लामा सामुहिक रुपमा रोपाइँ गर्दा विद्यालयबाट विद्यार्थीलाई रोपाइँको जानकारी दिन खेतमा लग‌िएको थियो।
कृषि मन्त्रालयका अनुसार नेपालमा जम्मा २० प्रतिशत रोपाइँमात्रै सिँचाइमार्फत हुन्छ भने बांकिँ सबै आकाशे पानीकै भरमा हुने गरेको छ।
तस्बिरको क्याप्शन, कृषि मन्त्रालयका अनुसार नेपालमा जम्मा २० प्रतिशत रोपाइँमात्रै सिँचाइमार्फत हुन्छ भने बांकिँ सबै आकाशे पानीकै भरमा हुने गरेको छ।
यो वर्ष मनसुन ढिला सुरु भएर चाँडै सकिने चिन्ता विज्ञहरुले व्यक्त गरिरहँदा किसानहरु धान उब्जनी कम हुने हो कि भनेर चिन्तित बनेका छन्।
तस्बिरको क्याप्शन, यो वर्ष मनसुन ढिला सुरु भएर चाँडै सकिने चिन्ता विज्ञहरुले व्यक्त गरिरहँदा किसानहरु धान उब्जनी कम हुने हो कि भनेर चिन्तित बनेका छन्।
नेपाल कृषि प्रधान देश भनिएपनि वर्षेनी देशमा ५ लाख मेट्रिक टन भन्दा धेरै चामल अपुग हुने गरेको सरकारी आंकडा छ।
तस्बिरको क्याप्शन, नेपाल कृषि प्रधान देश भनिएपनि वर्षेनी देशमा ५ लाख मेट्रिक टन भन्दा धेरै चामल अपुग हुने गरेको सरकारी आंकडा छ।