बाघको संख्यामा वृद्धि
Published
गएको एक शताब्दीमै पहिलो पटक बाघको संख्या केही बढेको पाइएको संरक्षणवादी संस्थाहरुले जनाएका छन्। वातावरणवादी संस्था डब्लुडब्लुएफले संसारभरि बाघको संख्या बढेर झण्डै चार हजार पुगेको जनाएको छ।
राम्रो संरक्षण प्रयासका कारण त्यो संभव भएको तर अझैपनि चोरी शिकारी उक्त वन्यजन्तुको संरक्षणमा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको उक्त संस्थाले चेतावनी दिएको छ।