यात्रा प्रतिबन्धबारे सुनुवाइ जारी

ट्रम्प
Published

अमेरिकाको स्यान फ्रान्सिस्को राज्यस्थित संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्धको पक्ष र विपक्षमा दाबीहरुमाथि सुनुवाइ गरिरहेको छ।

राष्ट्रपतिको कार्यकारी आदेशले मुसलमान बहुल सात देशका शरणार्थी र यात्रुहरुमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

ट्रम्पको कार्यकारी आदेशलाई चुनौती दिँदै अदालतमा मुद्दा परेपछि गत साता दुईवटा राज्यका संघीय अदालतले उनको निर्णयमाथि रोक लगाएका थिए।

जसको परिणाम स्वरुप वैध भिसा भएका मुसलमान बहुल रहेका सात देशहरु इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकले पुन अमेरिकाको यात्रा गर्न पाएका थिए।

आह्वान

अदालतमा न्याय मन्त्रालयका तर्फबाट वकिलहरुले बहस गर्दै ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धी निर्णयलाई पुनर्स्थापित गर्न आह्वान गरेका छन्।

उनीहरुले सीमा नियन्त्रणको अधिकार संसदले राष्ट्रपतिलाई दिएको बताए।

सरकारको प्रतिनिधित्व गर्ने वकिल अगष्ट फ्लेन्चेले राष्ट्रपति ट्रम्पको दायित्व राष्ट्रिय सुरक्षाको प्रत्याभूति दिनु रहेको बताएका छन्।

ट्रम्प

'कानुनसम्मत अभ्यास'

तीन मध्यका एक न्यायाधीश रिचर्ड क्लिफ्टनले सरकारलाई उसको दाबी पुष्टि गर्ने प्रमाणहरु देखाउन भनेका छन्।

यसअघि संघीय अदालतहरुले जे निर्णय सुनाए पनि अहिले भइरहेको सुनुवाइको फैसला भने मंगलबार नै आउने सम्भावना त्यति छैन र शायद सुनुवाइको टुंगो सर्वोच्च अदालतबाट हुनेछ।

न्याय मन्त्रालयले सोमबार राति जारी गरेको १५ पृष्ठको विज्ञप्तिमा राष्ट्रपतिको कार्यकारी आदेश कानुनसम्मत अभ्यास भएको र त्यो मुसलमानहरुमाथिको प्रतिबन्ध नभएको बताएको छ। रिय