४० हजार रोहिंज्या शरणार्थी बांग्लादेशमा

तस्बिर स्रोत, AFP
Published
म्यानमारमा तनाव चर्किएपछि गएको एक साताभित्र करिब चालीस हजार मुसलमान रोहिंज्या शरणार्थीहरु भागेर छिमेकी बांग्लादेशमा पसेका छन्।
शुक्रबार ११ बालबालिका सहित २६ शव फेला परेको थियो।
डुंगाबाट सीमाक्षेत्र पार गर्ने क्रममा तिनले ज्यान गुमाएका हुन्।
म्यानमारस्थित सैनिक सूत्र भन्छन् गत ६ दिनमा त्यहाँ मच्चिएको हिंसाका कारण ३७० जना मारिएका छन्।
एउटा नयाँ रोहिंज्या विद्रोही समूहले २० वटा प्रहरी चौकीमा आक्रमण गरेपछि पछिल्ला हिंसा भएका हुन्।
राष्ट्रसंघकी एक मानव अधिकार विज्ञले म्यानमारको राखाइन राज्यमा चलेको हिंसाको चक्रप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्।















