हाम्रो धैर्य असीमित छैन: अमेरिका

तस्बिर स्रोत, AFP
संयुक्त राष्ट्रसंघका निम्ति अमेरिकी राजदूत निक्की ह्यालेले उत्तर कोरियाविरुद्ध सम्भव भएसम्मको सबभन्दा कडा कारवाही गर्न सुरक्षा परिषदलाई आह्वान गरेकी छन्।
उसको परमाणु कार्यक्रम रोक्न २४ वर्षदेखिको कुटनीतिक प्रयास विफल भएको र अब अति भएको उनले बताइन्।
उत्तर कोरियाली नेता किम जङ् उनका व्यवहारले उनले युद्ध मागिरहेको देखाउने भन्दै अमेरिकाको धैर्य असीमित नभएको उनले बताइन्।
विमति
चीनका राजदूतले कोरियाली प्रायद्विप मा युद्ध र विनाशलाई चीनले कहिले हुन नदिने भन्दै सबै पक्षलाई वार्ताका लागि आह्वान गरे।
उत्तर कोरियाले गरेको पछिल्लो परमाणु परीक्षणबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठक बसेको छ।
परिषदका पाँचै स्थायी सदस्यले उक्त परीक्षणको निन्दा गरिसकेका छन्।
तर अब कस्तो प्रतिक्रिया जनाउने भन्ने बारे भने विमति छ।
अमेरिकाको ट्रम्प प्रशासनले वृहत सैनिक प्रतिक्रिया पनि एक विकल्प हो भनेको छ तर रुस र चीनले त्यसो गरिनु विनाशकारी हुने बताएका छन्।



















