क्यारिबियन टापुहरुमा शक्तिशाली आँधीको प्रवेश

इर्मा आँधी
Published

आन्ध्र महासागरीय क्षेत्रमा हालसम्म रेकर्ड गरिएको मध्येकै शक्तिशाली आँधीमध्येको एक, इर्मा क्यारिबियन क्षेत्रमा प्रवेश गरिसकेको र यसको प्रभाव क्यारिबियन टापुहरु एन्टीगुआ, र बर्बुडामा पर्न थालिसकेको बताइएको छ।

अमेरिकी राज्य फ्लोरिडामा आँधी इर्मा आउने प्रक्षेपणपछि त्यहाँ पूर्वतयारीहरु गरिंदैछन्।

अधिकारीहरुले इर्मा आँधी विनाशकारी हुन सक्ने भनेर चेतावनी दिएका छन्।

एन्टिगुआका एकजना वासिन्दाले आँधीको वेग निकै धेरै रहेको बीबीसीलाई बताइन्। बर्बुडामा झण्डै दुई सय पन्चानब्बे किलोमिटर प्रतिघण्टाको वेगमा हुरी चलेको अमेरिकी हुरिकन सेन्टरले जनाएको छ।

क्षमता र वेग दुवैमा आँधी इर्मा गत साता टेक्ससमा आएको हार्भीभन्दा ठूलो र शक्तिशाली हुने ठानिएको छ।