मरिया आँधी: पोर्टो रिकोमा बिजुली अवरुद्ध

मरिया आँधीको विध्वंश
Published

मरिया आँधीले ३५ लाख जनसंख्या भएको पोर्टो रिको सम्पूर्ण टापुमा बिजुली अवरुद्ध पारिदिएको आपतकालीन सेवाका अधिकारीहरुले बताएका छन्।

प्रकोप व्यवस्थापन समितिका प्रमुख एबनर गोमेजले भने- पोर्टो रिकोमा कसैका घरमा बिजुली छैन।

अमेरिकी 'नेशनल हुरिकन सेन्टर'का अनुसार विनाशकारी बाढीले टापुका कैयौं भाग बगाएको छ।

मरिया पोर्टो रिकोबाट बाहिरिँदैछ र यसको शक्ति क्याटेगरी २ को बनेको छ।

कर्फ्यु

यो अमेरिकी भूभागका गभर्नर रिकार्डो रोसेलेले साँझ ६ बजेदेखि कर्फ्यु लगाएका थिए।

आँधी अघि पोर्टो रिकोमा ५०० आपतकालीन शिविरहरु खडा गरिएका थिए र धेरैजसोले त्यहाँ शरण लिएका थिए।

मरिया क्यारिबियन क्षेत्रमा यहि महिना आएको दोश्रो ठूलो समुन्द्री आँधी हो।

पहिलो एर्मा आँधी क्याटेगरी ५ को थियो।

मरिया आँधी झण्डै झण्डै एर्माको बाटोमा हिँडेको थियो।