जर्मन चुनाव: चान्सलर 'मर्केलको परीक्षण'

मुख्य प्रतिस्पर्धी
तस्बिरको क्याप्शन, मार्टिन शुल्ट्स र एंगेला मर्केल मुख्य प्रतिस्पर्धी रहेको बताइएको छ
Published

जर्मनहरु एंगेला मर्केलका लागि महत्त्वपूर्ण परीक्षणका रुपमा हेरिएको आइतवार हुन लागेको देशको संघीय चुनावमा सहभागी हुँदैछन्।

मर्केल चान्सलरको चौथो कार्यकालका लागि उम्मेदवार भएकी छन्।

उनको पार्टी क्रिश्चियन डेमोक्रेट पार्टी सीडीयु जर्मनीको संसद्‍मा सबभन्दा ठूलो दलका रुपमा रहला कि नरहला भनेर परीक्षा हुन लागेको छ।

सीडीयुको प्रमुख प्रतिस्पर्धी उसैको सत्ता सहयात्री पार्टी एसपीडी रहेको छ।

जर्मन संसद्

मतदान केन्द्रहरु बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछन्।

मत दिएर फर्केकाहरुसँग गरिएको पहिलो मत सर्वेक्षण मतदान बन्द हुने बित्तिकै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यो चुनावलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ किनभने दोश्रो विश्वयुद्ध यता जर्मन संसद 'बुण्डेसटाग' मा ६ पार्टी पुग्नसक्ने ठानिएको छ।

त्यसो भयो भने वर्तमान सत्तारुढ गठबन्धनको स्वरुप परिवर्तित हुनेछ।