ब्रीज खेल किन लोप हुँदैछ?

अडिओ क्याप्शन सुरु हुँदैछ, ब्रीज खेलबारे एक रिपोर्ट
Published

दशैंका बेला जुवातास पनि कतिपयले धेरै खेल्ने गर्छन्। तर तासको पनि एउटा खेल ब्रीज भने अन्तर्राष्ट्रियरुपमा मान्यता प्राप्त खेल हो। यो खेल विगतमा नेपालमा चर्चित रहेको भएपनि अहिले भने लोप हुने अवस्थामा पुगेको उक्त खेलका मान्यताप्राप्त खेलाडीहरुले बताएका छन्। २०४० साल ताका निकै फस्टाएको सो खेलमा नेपाल विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत बलियो देखिएपनि, पछि त्यसलाई जुवा भन्दै नकारात्मक रुपमा बुझिन थालेपछि सो खेल जोगाउन नसकिएको ब्रिज संघका पदाधिकारीहरुले बताएका छन्। हाल सो खेल निष्क्रिय बनेको छ।