बीबीसी विश्व सेवाको विस्तार

indian languages
Published

बीबीसी विश्व सेवाले भारतका चारवटा भाषामा नयां सेवाहरु आरम्भ गरेको छ।

यो सन् १९४० को दशक यता बीबीसी विश्व सेवामा गरिएको सबैभन्दा ठूलो विस्तारको एक भाग हो।

सोमबारदेखि संचालनमा आएका नयां भारतीय भाषा सेवाहरुका लागि लागि ब्रिटिश सरकारबाट आर्थिक सहयोग प्राप्त भएको छ।

नयां भारतीय भाषा सेवाहरुमा मराठी, गुजराती, तेलुगु र पञ्जाबी रहेका छन्।

विस्तार

भारतमा बीबीसी विश्व सेवाको विस्तार योजना अन्तरगत दिल्लीस्थित व्यूरोलाई पनि विस्तार गरिएको छ र दुईवटा नयां टेलिभिजन स्टुडियो निर्माण गरिएको छ।

यसका साथै ब्रिटेन बाहिर दिल्ली बीबीसीको सबैभन्दा ठूलो व्यूरो बन्न पुगेको छ।

दिल्लीमा बीबीसीको नयां व्यूरोको आरम्भ गर्दै बीबीसीका महानिर्देशक टोनी हलले भने, " हामीलाई थाहा छ की पूरा भारतमा बीबीसीलाई पहिले देखि नै सम्मान र प्रेमका साथ हेर्ने गरिन्छ।

"हामी बीबीसी न्यूज मार्फत नयां दर्शक, पाठक र विशेषगरी नयां पुस्ताका मानिसहरुसम्म पुग्न चाहन्छौं।"

Tony Hall

सामाजिक संजाल

नयां चार भाषाका समाचार सामाग्री फेसबुक, इन्स्टाग्राम, ट्वीटर र युट्यूब जस्ता सामाजिक संजालका माध्यमहरुमा उपलब्ध हुनेछन्।

नयां सेवा विस्तार परियोजना अन्तर्गत बीबीसी विश्व सेवामा ११ वटा नयां सेवाहरु थपिएकाछन्।

अब बीबीसी विश्व सेवाको सामाग्री विभिन्न चालिसवटा भाषाहरुमा उपलब्ध हुनेछन्।