खडेरी विरुद्ध हिमशिला निर्माताहरु

भिडिओ क्याप्शन सुरु हुँदैछ, खडेरी विरुद्ध हिमशिला निर्माताहरु
Published

हिमाली भेगमा हिमनदीहरु खुम्चँदै जाँदा भारतको सबैभन्दा उच्च प्रान्त लद्दाखमा गाउँलेहरुले पानीको चर्को अभाव झेल्नुपर्दछ।

केही इन्जिनियरहरुले उक्त समस्यासंग जुध्न हिमशिलाहरु बनाइरहेका छन्।

एउटा स्तुपको ढांचा जस्तो संरचनाको तल्लो भागमा पाइपहरुमार्फत पानी पुराइन्छ र चापले गर्दा पानी बाहिर फोहरा जस्तै निस्कन्छ। र त्यो जम्छ हिउंको स्तुप जस्तै आकारमा।

जाडोमा अत्यधिक चिसोका कारण जमेको पानीको हिमशिला बसन्त ऋतुमा पग्लिएपछि गाउँलेहरुलाई पिउन र सिंचाइकालागि पानी उपलब्ध हुने गर्छ।

अहिलेसम्म मानिसहरुले नै बनाएका हिमशिलाहरुले ३० लाख लिटर पानी उपलब्ध गराइसकेका छन्।

हिमाली भूभागमा पानीको संकट समाधान गर्न यसले मद्दत पुर्याइ रहेको छ।

बीबीसी रिपोर्ट (भिडिओ)