पकड बलियो बनाउँदै चिनियाँ नेता
Published
चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महाधिवेशन बुधबार राजधानी बेइजिङमा शुरु भयो।
उक्त महाधिवेशनले आउँदो पाँच वर्षका लागि नयाँ नेता तथा नीतिहरुको टुङ्गो लगाउनेछ।
आफ्नो सम्बोधनका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव पनि रहेका राष्ट्रपति सि जिनपिङले समाजवादसहितको चीनको विशेषता नयाँ युगमा प्रवेश गरेको बताए।
पाँच वर्षअघि राष्ट्रपति भएका सिले आफ्नो शक्तिलाई बलियो बनाउँदै आएका छन् र उनी पार्टीका प्रमुख नै रहने अपेक्षा गरिएको छ।
बीबीसी रिपोर्ट (भिडिओ)