महिलाप्रति गरिने दुर्व्यवहार विरुद्ध
Published
केन्यास्थित ‘उजामा अफ्रिका’ नामक एउटा गैरसरकारी संस्थाका प्रशिक्षकहरुले नकारात्मक लैङ्गिक अवधारणा बदल्ने कोसिस गरिरहेका छन्।
उनीहरुले महिलाप्रति दुर्व्यवहार गरियो भने कसरी हस्तक्षेप गर्ने भनेर केटाहरुलाई सिकाउँछन्।
उक्त संस्थाले नैरोबीस्थित सबैभन्दा ठूलो झोपडपट्टी वस्तीमा किशोर, किशोरीहरुसंग मिलेर काम गरिरहेको छ।
उनीहरुले गएको चार वर्षमा ४०,००० भन्दा बढी किशोरहरुलाई प्रशिक्षण दिएका छन्।
अहिले उजामा अफ्रिकले अपनाएको प्रशिक्षण शैली अर्को अफ्रिकी मुलुक मलावीमा पनि लागू गर्न लागिएको छ।
बीबीसी रिपोर्ट (भिडिओ)