इजिप्टमा सुरक्षा फौज र विद्रोहीबीच झडप, कम्तीमा ६८ को मृत्यु

इजिप्ट, मरभूमी
Published

इजिप्टमा सुरक्षा फौज र इस्लामवादी लडाकूहरुबीच 'वेस्टर्न डेजर्ट' मा भएको एउटा झडपमा ५० भन्दा बढी सुरक्षा फौजको मृत्यु भएको छ।

आन्तरिक मामिला मन्त्रीले भनेका छन्, कायरोको दक्षिण पश्चिममा रहेको बहारिया क्षेत्रमा छापा मार्ने क्रममा रहेका प्रहरी र सशस्त्र फौजको समूहमाथि लडाकूहरुले बन्दुक चलाएका थिए।

हास्म नाम उग्रवादी समूहसँग सम्बन्धित रहेको ठानिएका १५ लडाकूहरु पनि उक्त झडपमा मारिएको बताइएको छ।

लडाईँ

इजिप्ट अहिले इस्लामवादी विद्रोहसँग लडिरहेको छ। इजिप्टको सुरक्षा फौजले हास्मलाई मुस्लिम ब्रदरहुडकै एउटा समूहको रुपमा ब्याख्या गर्छ।

तर उक्त समूहले भने त्यसलाई अस्वीकार गर्दै आएको छ।

हालैका वर्षमा उनीहरुले इजिप्टमा हमलाहरु गर्दै आएका छन्।

सुरक्षा स्रोतले लडाकूहरु बहारिया क्षेत्रसँग चिरपरिचित रहेको बताएको छ।

निसाना

सुरक्षा फौजका कमाण्डरले अतिरिक्त लडाईँका सामान मगाउन नसकेको पनि ती स्रोतले बताए।

बीबीसीका युसुफ ताहालेले भने, "सुरक्षा सेवाले हालैको समयमा एउटा सबैभन्दा ठूलो हार बेहोरेको छ। यो हमलाले देशभित्र र बाहिर चालिएका आतंकवादविरुद्धका रणनीतिहरुबारे निसन्देह थुप्रै प्रश्नहरु उठाएका छन्।"

एउटा समाचारका अनुसार लडाकुहरु, विगतमा पनि सुरक्षा फौजलाई निसाना बनाएको हास्म नामक समूहका हुन्।