थाइ नरेशको अन्त्येष्टि

भिडिओ क्याप्शन सुरु हुँदैछ, थाइ नरेशको अन्त्येष्टि
Published

गत वर्ष निधन भएका थाइ राजा पूमिपोन अदून्यदेतको शाही सम्मानका साथ बैंककमा अन्त्येष्टि गरिन लागेको छ।

विशाल र झकीझकाउ चितामा उनको दाहसंस्कार गरिंदैछ।

उनको अन्त्येष्टिमा हिन्दु, बौद्ध तथा अन्य धर्मको प्रभाव पनि देख्‍न सकिन्छ।

थाइ राजा पूमिपोनलाई कतिपय मानिसहरु भगवान रामचन्द्रको अवतार पनि ठान्दछन्।

अनि कैयौं थाइहरु उनलाई थाइल्याण्डको आधुनिक विकासको प्रतिविम्व पनि ठान्दथे।

बीबीसी रिपोर्ट (भिडिओ)