लेबननी प्रधानमन्त्रीद्वारा राजीनामा

तस्बिर स्रोत, AFP
Published
लेबननका प्रधानमन्त्री साद उल हरिरीले आफूलाई ज्यानको जोखिम रहेको भन्दै राजीनामा दिएका छन्।
उनको कदमलाई अप्रत्याशित मानिएको छ।
साउदी राजधानी रियादमा एउटा पत्रकार सम्मेलनमा हरिरीले शिया आन्दोलन हेज्बुल्लाह र इरानको आलोचना गरे।
आरोप
इरान जहाँ पुग्छ त्यहाँ उसले त्रास र विनाश रोपेको उनले आरोप लगाए।
सन् २००५ मा आफ्ना पिता रफिक हरिरीको हत्या हुँदाताकाको जस्तै अवस्था अहिले लेबननमा रहेको भन्दै आफ्नो हत्याको षड्यन्त्रको संकेत पाएको बताए।
हरिरीको पछिल्लो धारणा बेरुतबाट नभई साउदी अरेबियाबाट आउँदै गर्दा त्यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
साउदी अरेबिया इरानको कट्टर विरोधी मुलुक हो।















