परमाणु अस्त्रलाई लिएर फेरि वाक्युद्ध

किम
Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताले प्योङयाङको परमाणु अस्त्र कार्यक्रमलाई लिएर फेरि वाक्युद्ध शुरु गरेका छन्।

उत्तर कोरियाली विदेशमन्त्रीले फेरि पनि ट्रम्पलाई 'युद्ध रुचाउने' र 'वृद्ध व्यक्ति' भनेका छन्।

उत्तर कोरियाले परमाणु अस्त्रको विकास नरोक्नेमा उनले जोड समेत दिए।

एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले आफूलाई किन बूढो भनेर अपमान गरिएको होला भन्दै ट्वीट गरेका छन्।

भरमग्दुर

उनले आफूले किम जङ-अनलाई कहिल्यै पनि 'पुड्के' र 'मोटे' नभन्ने बताए।

आफूले उत्तर कोरियाली नेताको साथी बन्न भरमग्दुर प्रयास गरेको भन्दै उनले कुनै दिन त्यो सम्भव हुनसक्ला भनेका छन्।

यसअघि किम जङ-अनको खिल्ली उडाउँदै ट्रम्पले उनलाई 'पागल' र 'सानो रकेट मान्छे' भनेका थिए।

ट्रम्प

केही महिनाअघि ट्रम्पले उत्तर कोरियालाई 'सिध्याइदिने' चेतावनी पनि दिएका थिए।

त्यसप्रति प्रतिक्रिया जनाउँदै किम जङ-अनले ट्रम्पलाई 'दिमागी हालत ठीक नभएको गुण्डा' भनेका थिए।

दुई नेताबीच वाक्युद्ध चलिरहँदा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले ट्रम्प र किम जङ-अनबीचको वाक्युद्ध साना 'बच्चाहरुको झगडा जस्तै' भएको बताएका थिए।