मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव

ट्रम्पको भेट
Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'साउथ चाइना सी' का कतिपय भाग आ-आफ्नो क्षेत्रमा पर्ने दाबी गर्ने देशहरुबीचमा मध्यस्थता गर्ने प्रस्ताव गरेका छन्।

भियतनामका राष्ट्रपति चन दाइक्वाङसँग हनोइमा भएको भेटवार्ताका क्रममा उनले त्यस्तो धारणा राखेका थिए।

भियतनाम हालसालै उक्त मुद्दालाई लिएर चीनसँग विवादमा उत्रिएको थियो।

संकेत

बीबीसीका एकजना संवाददाता भन्छन्, "साउथ चाइना सीमा रहेको सीमा विवाद सुल्झाउन राष्ट्रपति डोनल्ड ट्रम्प कति गम्भीर छन् भन्ने प्रष्ट भएको छैन्। जबकी यो क्षेत्रमा उनका सामू निकै दवावपूर्ण समस्याको रुपमा उत्तर कोरिया छ।"

तर उनको अभिव्यक्तिले साउथ चाइना सी सम्भावित उत्तेजनाको विन्दुको रुपमा रहिरहेको संकेत स्मरण गराउँछ।

राष्ट्रपति ट्रम्प अहिले भियतनाम भ्रमण पुरा गरेर फिलिपिन्स पुगेका छन्।

फिलिपिन्स पनि साउथ चाइना सीलाई लिएर बेइजिङविरुद्ध उत्रिदैं आएको छ।

न्यून

साउथ चाइना सीको अधिकांश क्षेत्र आफ्नो भएको दाबी गर्ने चीनले मध्यस्थता गर्ने ट्रम्पको प्रस्तावको स्वागत गर्ने सम्भावना न्यून छ।

संयुक्त राज्य अमेरिकाले विवादित जलक्षेत्रमा पानी जहाज र हवाई जहाजमार्फत विभिन्न गतिविधि गर्छ।

त्यसले गर्दा बेइजिङले वासिङ्गटनलाई अनिच्छुक र स्वतन्त्र पक्षको रुपमा हेर्दैन भन्ने कुरा अनौठो होइन।