'मलाई अहिले राष्ट्रपति बन्ने रहर छैन'
नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ अहिले चुनावी मैदानमा छन्।
यसअघि पहिलो संविधानसभा चुनावका बेला सोही ठाउँबाट नेपाल माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीसँग पराजित भएका थिए।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धन बनाएपछि अहिले उक्त क्षेत्रमा उनका प्रतिसपर्धी नेपाली कांग्रेसका तर्फबाट दिपक कुइँकेल छन्।
वाम गठबन्धन भएर दुवै पार्टी संयुक्त रुपमा चुनावमा उत्रिंदा पार्टीका नेताहरुको हैसियत चुनावपछि के हुने भन्ने अड्कलबाजीहरु पनि भइरहेका छन्।
नेता नेपालले चुनावपछि कसको हैसियत के हुने भन्नेबारे वाम गठबन्धन बन्ने बेला कुनै सहमति नभएको बताका छन्।
चुनावपछि के उनी राष्ट्रपतिका दावेदार हुन्?
उक्त प्रश्नमा प्रतिप्रश्न गर्दै नेता नेपालले बीबीसीसँग भने, "राष्ट्रपति बन्ने उमेर मेरो भएको छ? भर्खरको मान्छेलाई राष्ट्रपति बनाउने? र, खाली अरुलाई उपदेश दिने ठाउँमा मलाई पुर्याउने? मलाई अहिले राष्ट्रपति बन्ने रहर छैन।"
नेता नेपालसँग बीबीसी नेपाली सेवाकी रमा पराजुलीले गरेको कुराकानीको सम्पादित अंश: