झुप्रा वस्तीमा छाना फेर्दै

भिडिओ क्याप्शन सुरु हुँदैछ, झुप्रा वस्तीमा छाना फेर्दै
Published

हसित गणत्रा एकजना सामाजिक उद्यमी हुन्।

उनले भारतको गुजरात राज्यको अहमदावादमा कैयौं झुप्रा वस्तीहरुलाई परिवर्तन गर्न खोजीरहेका छन्।

धेरैजसो घरका छतहरु टिन र कंक्रीटबाट बनेका छन् जसले गर्दा गर्मी याममा निकै गर्मी, हिउँदमा निकै चिसो र बर्षामा घरभित्र चारैतिर पानी हुन्छ।

भारतमा साढे ६ करोड भन्दा बढी मानिसहरु झुप्रा वस्तीहरुमा बस्छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकबाट झुप्रा वस्तीहरु हटाउने घोषणा गरेका छन्।

भारत सरकारले सन् २०२० सम्ममा शहरी इलाकामा किफायती मूल्यका दुई करोड घरहरु बनाउने योजना ल्याएको छ।

हसितजस्ता उद्यमीहरुले यो अभियानलाई सघाइ रहेका छन्।

बीबीसी रिपोर्ट (भिडिओ)