मेक्सिकोमा विशाल संरक्षण क्षेत्र घोषणा

तस्बिर स्रोत, Getty Images
मेक्सिको सरकारले देशको प्रशान्त महासागरको तटपारी रहेका चार ज्वालामुखीयुक्त टापूहरु वरपरको समुद्री क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ।
१५० हजार वर्ग किलोमिटर क्षेत्रफलको उक्त क्षेत्र उत्तर अमेरिकाको सबैभन्दा ठूलो संरक्षित समुद्री क्षेत्र हुने बताइएको छ।
त्यहाँ माछा मार्न र होटेल बनाउन रोक लगाइनेछ।
आशा
संयुक्त राष्ट्र संघले गत वर्ष विभिन्न पक्षी र जनावरका सयौं प्रजाती रहेको त्यस क्षेत्रलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो।
यो घोषणाको अर्थ अब सबै माछा मार्ने गतिविधिहरुमाथि प्रतिबन्ध लाग्नेछ र उक्त क्षेत्रलाई नौसेनाले गस्ती गर्नेछन्।
यो कदमले अब संरक्षित गरिएको क्षेत्रमा व्यवसायिक माछा मार्दा उनीहरुको जनसंख्या वृद्धिमा मद्दत गर्ने आशा गरिएको छ।
प्रतिबन्ध
मेक्सिकोका राष्ट्रपति इनरिके पेन्या नियटोले विशेषआदेशमार्फत उक्त क्षेत्रलाई संरक्षित भनि घोषणा गरेका हुन्।
यो क्षेत्रबाट प्राकृतिक स्रोत उत्खनन गर्न पनि प्रतिबन्ध लगाइने छ।
र, नयाँ होटल पनि बनाउन पाइने छैन।



















