३ बजेसम्म ५५ प्रतिशत मतदानः आयोग

मतदान
Published

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा ३ बजेसम्ममा ५५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

साढे १२ बजेसम्ममा ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको थियो।

यसअघि आयोगद्वारा जारी विज्ञप्ति अनुसार सबैभन्दा बढी मनाङ जिल्लामा ५० प्रतिशत मतदान भइसकेको जनाइएको थियो।

आयोगका अनुसार ३२ वटै जिल्लामा बिहान ७ बजेदेखि 'शान्तिपूर्ण एवं उत्साहजनक रुपमा' मतदान भइरहेको छ।

व्यवस्था

साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगका अधिकारीहरुले बताएका छन्।

पहिलो चरणमा प्रतिनिधि सभाका ३७ निर्वाचन क्षेत्रका लागि २ सय ८२ र प्रदेश सभाका ७४ सिटका लागि ४ सय २० गरी ७ सय २ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

मतदान

बाँकी जिल्लाहरुमा मंसिर २१ गते दोस्रो चरणमा चुनाव गरिनेछ।

आयोगका अनुसार पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता रहेका छन्।