छोरी पढाउने अभियान
भारतमा १० देखि १४ वर्ष उमेर समूहका एक तिहाइ बालिकाहरु स्कूल जाँदैनन्।
‘एडुकेट गर्ल्स’ नामक गैरसरकारी संस्थाले त्यो स्थितिमा परिवर्तन ल्याउन खोजीरहेको छ।
उसले स्वयम्सेविकाहरुको टोली परिचालन गर्छ, जो गाउँहरुमा जान्छन् र स्कूल नजाने बालिकाहरुको घरमै पुग्छन्। ।
उनीहरुले तिनका बाबुआमालाई छोरीलाई स्कूल पठाउन किन महत्वपूर्ण छ भनेर बताउँछन् र समुदायसंग मिलेर तिनलाई स्कूल भर्ना गर्न योजना पनि बनाउँछन्।
सो संस्थाको पहलमा अहिलेसम्म डेढ लाखभन्दा बढी बालिकाहरु स्कूल गएका छन्।
युनिसेफका अनुसार भारतमा संसारमै सबैभन्दा बढी बालिका वधुहरु छन्।
अहिले बाँचीरहेका भारतीय महिलाहरुमध्ये झण्डै आधिको कानुनीरुपमा बिहे गर्न पाइने १८ वर्ष नपुग्दै बिहे भएको थियो।
युनेस्कोका अनुसार एक वर्ष थप पढन् पाएकी आमाले जन्माएको शिशुको मृत्युदर ५ देखि १० प्रतिशतले घट्छ भने उनको जीवनभरको कमाइ २० प्रतिशतसम्मले बढ्छ।
बीबीसी रिपोर्ट (भिडिओ)