हावाहुरीका घाइतेको सबै उपचार खर्च सरकारले बेहोर्ने

हावाहुरी
Published
पढ्ने समय: १ मिनेट

आइतवार राती बारा र पर्सामा आएको हावाहुरीमा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ।

काठमान्डुमा सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए।

उनले भने, "घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्ने, मृतक र घाइतेका परिवारका सदस्यलाई उचित व्यवस्था गर्ने निर्णय गरिएको छ।"

उनका अनुसार हावाहुरीले क्षति पुगेका क्षेत्रमा विद्युत, सञ्चार, खानेपानीलगायतका आधारभूत कुराको अभाव हुन नदिने निर्णय पनि उक्त बैठकको छ।

त्यसको समन्वय गृह मन्त्रालयले गर्नेछ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

प्रथमिकता

हाललाई सरकारले राहत, उद्धार र उपचारलाई प्राथमिकतामा राखेको उनले बताए।

त्यस्तै खाद्यान्न र आवासको व्यवस्थापनका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिने मन्त्रिपरिषद् बैठकको निर्णय छ।

हावाहुरी

विपदको मूल्याङ्कन गरेर पीडितहरूको पुनर्स्थापना र पुनर्निर्माणका लागि भने आवश्यक थप निर्णय गर्ने उनले जानकारी दिए।

गृह मन्त्रालयका अनुसार उक्त घटनामा परेर बारामा २६ र पर्सामा १ गरि २७ जनाको ज्यान गएको जनाएको छ।

ज्यान जानेहरूमा १० जना पुरुष, ११ जना महिला र ६ जना बालबालिका रहेको बताइएको छ।

त्यस्तै घटनामा ६ सय ६८ जना घाइते भएकोमा २ सय ८४ जना प्रारम्भिक उपचार पछि घर फर्केका र गम्भिर घाइते ९ जनालाई उपचारका लागि राजधानी काठमाण्डू ल्याइएको गृह मन्त्रालयले जनाएको छ।

३ सय ७५ जनाको भने बारा र पर्सामा उपचार भइरहेको बताइएको छ।

अडिओ क्याप्शन सुरु हुँदैछ, विपद्‌को घडीमा प्रदेश नं. २ सरकारले के के गर्दैछ?