अतिविशिष्टको शिष्टाचार र सुरक्षामा असावधानीको सामाजिक सञ्जालमा चर्चा
राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको एउटा तस्बिरले सामाजिक सञ्जालमा धेरै चर्चा पाएको छ।
तस्बिरमा चीनको एउटा विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाजबाट नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू ओर्लँदै गरेको देखिन्छ।
राष्ट्रपति भण्डारी चाहिँ उनलाई स्वागत गर्न आएका चिनियाँ अधिकारीहरूसँग तल उभिएकी छिन्।
जहाजबाट उत्रिदै गरेका नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू भने जहाजको भर्याङमै कोचाकोच गरेर उभिएका देखिन्छन्।

तस्बिर स्रोत, RSS
सुरक्षा र मर्यादा
धेरैले उक्त तस्बिर हेरेर अतिविशिष्ट पदाधिकारीको भ्रमणमा शिष्टाचार र सुरक्षा व्यवस्थापनबारे ध्यान नदिइएको एवम् हवाई सुरक्षालाई समेत बेवास्ता गरिएको भन्दै कतिपयले सरकारको आलोचना गरेका छन्।
कूटनीतिक मर्यादा पालन नभएकोमा पनि केहीले प्रश्न उठाएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
राष्ट्रपतिको चीन भ्रमणमा लिइएको उक्त तस्बिर सँगसँगै बिहीवार राजधानी काठमाण्ठूमा भएको एउटा कार्यक्रमपछि प्रधानमन्त्री केपी शर्मा ओली एउटा निर्माणाधीन पुरातात्त्विक संरचनामा चढेको तस्बिरले पनि सामाजिक सञ्जालमा चर्चा पाएको छ।
उक्त तस्बिरमा वसन्तपुर क्षेत्रस्थित काष्ठमण्डप बनाउन तयार पारिएको बाँसको भर्याङमा प्रधानमनन्त्री ओली र केही अधिकारी चढेको देखिन्छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
धेरैले हेर्दै धराप जस्तो देखिने संरचनामा चढेर प्रधानमन्त्रीले आफ्नै सुरक्षाको हेक्का नराखेको भन्ने खालका प्रतिक्रियाहरू जनाएका छन्।
अतिविशिष्ट पदाधिकारीहरूको सुरक्षा र नेपाली प्रतिनिधिमण्डलको कूटनीतिक मर्यादाका विषयमा यसअघि पनि यस्तै खाले आलोचना हुने हुने गरेका थिए।

तस्बिर स्रोत, RSS
पाठ
तर त्यस्ता आलोचनाहरूबाट पाठ नसिक्दा पटक-पटक उस्तै खाले गल्तीहरू हुने गरेको कतिपय पूर्वसुरक्षा र परराष्ट्र सेवाका अधिकारीहरूको तर्क छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
त्यस्तैमध्येका एक पूर्वगृह सचिव सूर्यप्रसाद सिलवाल भन्छन्, "यो त हेर्दा सानोजस्तो तर निकै गम्भीर कुरा हो नि! घटना नहुँदासम्म हो, कुनै घटना भइहाल्यो भने त धेरै ठूलो हुनसक्छ।"
प्रधानमन्त्री निर्माणाधीन संरचनामा चढ्नुलाई उनले 'भद्रगोल र प्रधानमन्त्रीको सुरक्षाप्रतिको बेवास्ता'का रूपमा अर्थ्याए।
सिलवाल अतिविशिष्टहरूको भ्रमणमा सामेल हुनेहरूलाई तालिम दिएर कसरी यात्रा गर्ने जानकारी दिनुपर्ने आवश्यकता देख्छन्।
"सम्माननीय राष्ट्रपतिज्यूको चीन भ्रमणमा देखिएको जस्तो भद्रगोल नदेखियोस् भन्नका लागि जसले त्यसको व्यवस्थापन गर्छ त्यसले तालिम नै दिनुपर्नेजस्तो देखियो," उनले भने।
कारण
विशिष्ट व्यक्तिहरूलाई पनि जोखिमबारे सुरक्षाको जिम्मा लिएकाहरूले जानकारी गराउनुपर्ने उनको धारणका छ।
त्यस्तो गरिएमा विशिष्ट व्यक्तिहरूकै निर्देशनमा कतिपय यस्ता घटना रोकिन सक्ने उनी ठान्छन्।
परराष्ट्र मन्त्रालयका पूर्वशिष्टाचार महापाल अर्जुनकान्त मैनाली चाँहि नेपालका अतिविशिष्ट वा विशिष्ट व्यक्तिहरूको भ्रमणमा यस्तो "भद्रगोल" देखिनुका पछाडि त्यस्ता भ्रमणहरूमा सत्ताधारी दलका "कार्यकर्ता" हावी हुनुलाई कारण मान्छन्।
"हेर्दा सानोतिनो देखिने तर गम्भीर खाले गल्तीहरू दोहोरिने गर्नुका पछाडि विज्ञहरूलाई बेवास्ता गरिनु हो। विज्ञभन्दा कार्यकर्ताको नियुक्ति हुन थालेपछि यस्ता मर्यादा मिचिने काम बढेका हुन्," उनले भने।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4
उनले परराष्ट्र सेवामा हुनेहरूलाई गुण र दोषका आधारमा व्यवहार गर्ने र गल्ती गरे कठोर सजायको व्यवस्था भएमा त्यस्ता गल्तीहरू कम हुनेमा जोड दिन्छन्।
चलन
उनले पहिले-पहिले यस्ता गल्तीहरूलाई कर्मचारीको व्यक्तिगत विवरणमा समावेश गरिने र कडा कारबाही गर्ने चलन रहने गरेको बताए।
त्यस्तो चलन कम भएसँगै अचेल गम्भीर प्रकृतिका गल्तीहरू दोहोरिएको उनी बताउँछन्।
अतिविशिष्ट पदाधिकारीहरूको देशभित्र र बाहिर हुने भ्रमणहरूमा सुरक्षा संवेदनशीलता नअपनाइएको भनेर हुने गरेको आलोचनालाई सरकारी अधिकारीहरूले बचाउ गर्ने गरेका छन्।
त्यस्तै भ्रमणहरूमा कूटनीतिक मर्यादा पालन नभएको विषयमा पनि अधिकारीहरू भने त्यसतर्फ आफूहरू सधैँ सचेत रहने गरेको दाबी गर्छन्।



















