ऐतिहासिक रातो मच्छिन्द्रनाथ जात्राको रमाइलो
Published
उपत्यकाको सबैभन्दा लामो मानिने रातो मच्छिन्द्रनाथको जात्रा गत बुधवारबाट सुरु भएको छ।
पर्यटकका लागि समेत आकर्षणको केन्द्रमा रहेको यो जात्राका दुई रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने चलन छ।
पुल्चोकस्थित दमकलचोकबाट सुरु भएको रथ मङ्गलबजार, सुन्धारा र लगनखेल हुँदै जाउलाखेल पुर्याइन्छ।
वर्षा र सहकालका देवताका रुपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथ झण्डै ३२ हात अग्लो हुन्छ।
परम्परागत शैलीमा बनाइने यस्तो रथ बनाउन आवश्यक काठ र दक्ष जनशक्तिको अभाव हुँदै गएको जानकारहरू बताउँछन्।
रथारोहण हेर्न पुगेका केही दर्शकहरूलाई यस जात्राको रमाइलो पक्ष के हो भनि गरिएको कुराकानीका आधारमा कमल परियारले बनाएको भिडिओ -