कोरोना भाइरस नेपाल: थप ११६ जनामा सङ्क्रमण, कुल सङ्ख्या १७ हजार नाघ्यो

कोरोनाभाइरस
Published

नेपालमा विगत २४ घण्टामा थप ११६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,०६१ पुगेको छ।

तीमध्ये १०,३२८ जना अर्थात् ६०.५३ प्रतिशत सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ३८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

विगत २४ घण्टामा ३४ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्। अहिले देशभरि ६,६९५ सक्रिय सङ्क्रमित भएको उनले बताए।

यसैबीच कर्णाली प्रदेशसभामा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

कोरोनाभाइरस

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या घटिरहेको छ।

आइतवार ८२ जना सङ्क्रमित थपिएका थिए। सोमवार १४४ सङ्क्रमित फेला परेका थिए भने १,७०५ जना निको भएर घर फिर्ता भएको मन्त्रालयले जनाएको थियो।

को हुन् सङ्क्रमित?

अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

प्रदेश नं १ मा ९, प्रदेश नं २ मा ४४, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा ४, प्रदेश नं ५ मा २१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा २० सङ्क्रमित फेला परेका हुन्।

तीमध्ये धनुषा जिल्लामा २१, महोत्तरीमा १९ र अछाममा १४ जना छन्।

काठमाण्डूमा पनि थप दुई जनामा कोभिड-१९ पुष्टि भएको छ।

सात प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणको स्थिति कस्तो छ?. . असार ३० सम्मको विवरण.

अरू तथ्याङ्क के छ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ४,३६१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार ३० गते मङ्गलवार अपराह्णसम्मको तथ्याङ्क

  • १७,०६१कुल सङ्क्रमण

  • ३४२४ घण्टामा घर फिर्ता

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ४,३६१

  • सक्रिय सङ्क्रमित६,६९५

  • देशभरि क्वारन्टीनमा२४,७१६

  • अहिलेसम्म निको१०,३२८

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या घटेर २४,७१६ पुगेको छ। तीमध्ये सुदूरपश्चिममा सर्वाधिक छन्।

अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढिरहेको छ।

नेपाल
Presentational white space
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?
कोरोनाभाइरस ब्यानर