कोरोना भाइरस नेपालः थप १३ सयमा सङ्क्रमण, १० जनाको मृत्यु

आइतवार अपराह्णसम्म नेपालमा २४ घण्टामा गरिएको परीक्षणमा १,३२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६४,१२२ पुगेको छ।
सो अवधिमा १० जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार अहिलेसम्म ४११ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
शुक्रवार एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
अहिले देशभरि १७,४७८ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये ९,०७१ जना संस्थागत आइसोलेशनमा र बाँकी घरमै भएको मन्त्रालयले जनाएको छ।
के छ अरू तथ्याङ्क?
विगत २४ घण्टामा ९,५८४ वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।
सो अवधिमा ९६६ जना रोगमुक्त प्रमाणित भए। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ४६,२३३ जना अर्थात् ७२ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।
गम्भीर लक्षण भएका बिरामीमध्ये १९० जना सघन उपचारमा र ३६ जना भेन्टिलेटरमा भएको जानकारी मन्त्रालयले दिएको छ।
अहिले देशभरि ७,४५१ जना क्वारन्टीनमा छन्।



- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा





















