कोरोना भाइरस नेपालः थपिएका १५ सय सङ्क्रमितमध्ये ६१ प्रतिशत काठमाण्डू उपत्यकाका, १० जनाको मृत्यु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालभरि विगत २४ घण्टामा १,५१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ। तीमध्ये ९३४ जना काठमाण्डू उपत्यकाका हुन्।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७६,००० नाघेको छ।
सो अवधिमा १० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले मङ्गलवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा अहिलेसम्म ४९१ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५५,३०० नाघेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ७३१ जना रोगमुक्त भएका छन्।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
सोमवार मन्त्रालयले १,३५१ सङ्क्रमित फेला परेको जनाएको थियो।
गत असोज २ गते एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।

अहिले देशभरि २०,३९६ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये १०,७०७ जना घरमा र अन्य संस्थागत आइसोलेशनमा बसेको जानकारी मन्त्रालयले दिएको छ।
वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा


विगत २४ घण्टामा १०,८९१ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
अहिलेसम्म नेपालमा ५५,३७१ जना सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.६ प्रतिशत हो।
गम्भीर लक्षण भएका २१३ सङ्क्रमित सघन उपचारमा र ३४ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।
तीमध्ये वाग्मती प्रदेशमा ११० जना सघन उपचारमा र २६ जना भेन्टिलेटरमा छन्।
को हुन् सङ्क्रमित?
अहिले ४५ वटा जिल्लामा सङ्क्रमित थपिएका छन्। तीमध्ये ५५६ महिला र ९५७ पुरुष छन्।
काठमाण्डू जिल्लामा ७४७ जना, ललितपुर जिल्लामा ११४ जना र भक्तपुर जिल्लामा ७३ जना गरी उपत्यकामा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ पुष्टि भएको हो।
त्यसैगरी मोरङमा १०१, सुनसरीमा ३२, चितवनमा ६२, बाँकेमा ४१ र रूपन्देहीमा ९५ जनामा पनि कोरोनाभाइरस सङ्क्रमण देखियो।
मन्त्रालयका अनुसार उपत्यकाबाहेक मोरङ, सिराहा, चितवन र रूपन्देहीमा सङ्क्रमितको सङ्ख्या धेरै छ।
अहिले काठमाण्डू उपत्यकामा ११,००० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।
कहाँ छन् धेरै सङ्क्रमित?
- काठमाण्डूः ९,१५३
- भक्तपुरः ९८०
- ललितपुरः १,१४१
- मोरङः १,०४१
- सुनसरीः ४८२
- सिराहाः ६५२
- चितवनः ७६३
- रूपन्देहीः ८६९
- सुर्खेतः ४४२
को हुन् मृतक?
काठमाण्डू र बाँकेमा तीन-तीन तथा मोरङ, सर्लाही, महोत्तरी र चितवनमा एक-एक जना गरी कुल १० जनाको विगत २४ घण्टामा मृत्यु भएको हो।
मृतकमध्ये तीन महिला र सात पुरुष छन्।
उनीहरूको उमेर ३९ वर्षदेखि ७६ वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।

यो पनि हेर्नुहोस्





















