तस्बिरमा यो साता: यो साताका उत्कृष्ट तस्बिर

Published

यो साता विश्वभरि खिचिएका केही शक्तिशाली तस्बिरहरू।

लोयड स्कट
तस्बिरको क्याप्शन, सहायता रकम सङ्कलकका रूपमा प्रख्यात लोयड स्कट इङ्गल्यान्डको लेक डिस्ट्रिक्ट न्याशनल पार्कस्थित स्काफेल पाइकमा देखिए। लर्ड्स ट्याभर्नर्सका लागि सहयोग रकम सङ्कलन गर्न थ्री पीक्स आरोहण गर्ने प्रयत्नमा रहेका उनले पौडी खेल्दा लगाइने लुगा लगाएका थिए।
मलेशिया
तस्बिरको क्याप्शन, कोरोनाभाइरस महामारीबीच मलेशियाको सुबाङ जयास्थित सन्वे मेडिकल सेन्टरमा एकजना बिरामीको स्वाब लिने तयारी गरिरहेका एक चिकित्सक।
द नेदरल्यान्ड्स
तस्बिरको क्याप्शन, नेदरल्यान्ड्सको ससेनहाइमस्थित घरबाट काम गरिरहेकी एक महिलाको डेस्कमा घुम्न आइपुगेको बिरालो।
एक्सटिङ्क्शन रेबेलिअन
तस्बिरको क्याप्शन, जर्मनीको राजधानी बर्लिनमा प्रदर्शनका क्रममा वातावरणवादीहरूको 'एक्सटिङ्क्शन रेबेलिअन' नामक अभियान समूहका एक प्रदर्शनकारी।
जोर्डनको अमान
तस्बिरको क्याप्शन, जोर्डनको अमानमा अनलाइन कक्षा लिँदै गरेकी एक शिक्षिका।
राष्ट्रपति डोनल्ड ट्रम्प
तस्बिरको क्याप्शन, कोरोनाभाइरस सङ्क्रमण भएपछि उपचार गराएर फर्केका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउसमा मास्क फुकाल्दै।
माइक पेन्स र कमला ह्यारिस
तस्बिरको क्याप्शन, अमेरिकाको सल्ट लेक सिटीमा उपराष्ट्रपति पदका प्रत्यासीहरू माइक पेन्स र कमला ह्यारिस टेलिभिजन बहसमा सहभागी हुँदै।
जकार्ता
तस्बिरको क्याप्शन, इन्डोनेशिया सरकारले रोजगारीसम्बन्धी ल्याएको नयाँ कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा जकार्तामा प्रहरीसँग झडप हुँदा एक वृद्धालाई जोगाउँदै प्रदर्शनकारी।
अस्ट्रेलियाको न्यू साउथ वेल्समा सुन्तला टिप्दै गरेका किसानहरू।
तस्बिरको क्याप्शन, अस्ट्रेलियाको न्यू साउथ वेल्समा सुन्तला टिप्दै गरेका किसानहरू।
नर्थ इस्ट इङ्ग्ल्यान्डका कोलिन बर्जिन-प्लुज पाँचौँ लन्डन म्याराथनमा सहभागी हुँदै।
तस्बिरको क्याप्शन, नर्थ इस्ट इङ्ग्ल्यान्डका कोलिन बर्जिन-प्लुज पाँचौँ लन्डन म्याराथनमा सहभागी हुँदै।

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सुरक्षित छ।