सन् २०१३: समाचारमा छाएका केही तस्वीरहरु

Published

सन् २०१३मा विश्वभरबाट समाचारहरुमा छाएका केही उल्लेखनिय तस्वीरहरुको ग्यालरी।

गत जुन १०मा जर्मनीको माग्देबर्ग शहर नजिकै इल्वे नदिमा आएको बाढीले घेरिएको बगैँचा सहितको एक पौडी पोखरी
तस्बिरको क्याप्शन, गत जुनमा मध्य युरोप बाढीको चपेटामा परेपछि हजारौं मानिसहरु आफ्नो घर छोडि सुरक्षित स्थान तर्फ लागेका थिए। यो तस्वीरमा जर्मनीको माग्देबर्ग शहर नजिकै इल्वे नदिमा आएको बाढीका कारण जलमग्न क्षेत्रमा घेरिएर रहेको एक पौडी पोखरी देख्न सकिन्छ।
सेप्टेम्बर २१ मा केन्याको एक किनमेल केन्द्रमा विद्रोही हमलामा भागिरहेको एक बालक
तस्बिरको क्याप्शन, गत २१ सेप्टेम्बरमा केन्याको नैरोबीको वेस्टगेट सपिङ सेन्टर अर्थात किनमेल केन्द्रमा अल-सबाब समूहका विद्रोहीहरुले हमला गर्दा कम्तीमा ६७ जनाको ज्यान गयो। केन्याली सेनाले जवाफी कार्वाहीमा हमलामा संलग्न चारै जना विद्रोही मारिएको बतायो।
१५ फेब्रुअरीमा रुसको उराल पर्वत माथि उल्कापिन्डको अंश देखिएको आकास
तस्बिरको क्याप्शन, रुसको उरल पर्वत क्षेत्रमा उल्कापिण्ड झरेपछि खासगरि फुटेको सिसाले लागेर करिब २०० बालबालिका सहित १२ सय व्यक्ती घाइते भएका थिए। च‌ेल्याविन्स्क क्षेत्रको एक जमेको तालमा सो उल्कापिण्ड खसेको थियो।
गत २७ मेमा अमेरीकाको ओक्लोहोमा शहरमा टोर्नाडो भनिने आँधीपछि भग्नावशेषको थुप्रोमाथि रहेको एक कार
तस्बिरको क्याप्शन, अमेरिकाको ओक्लोहोमा शहरमा झन्डै ३०० माइल प्रतिघन्टाको बेगमा आएको टोर्नाडो भनिने आँधीका कारण त्यस क्षेत्रमा ठूलो क्षति भयो। सयौं मानिसहरु घाइते भए। भारी बर्षाले अधिकांश क्षेत्रलाई जलमग्न पारेको थियो।
गत २१ फेब्रुअरीमा एक म्याजिस्ष्ट्रेट अदालमा दक्षिण अफ्रिकी ओलम्पिकका खेलाडी अस्कर पिस्टोरिअस्
तस्बिरको क्याप्शन, दक्षिण अफ्रिकीहरु ओलम्पिकका खेलाडी अस्कर पिस्टोरिअसको घरमा मोडेल रिभा स्टिनकाम्पको "सुनियोजित रुपमा हत्या" भएको भन्ने खबर सुनेर आश्चार्यचकित भए। पिस्टोरियसले उनको हत्या गरेको अस्वीकार गर्दै उनलाई जबर्जस्ती घरमा घुस्ने कोही व्यक्ती भएको ठानेर गोली हानेको बताए। उनीविरुद्धको मुद्दा अदालतमा सुनुवाइको क्रममा रहेको छ।
गत मार्च १३मा क्याथलिक इसाईहरुको चर्चका नयाँ प्रमुख भएपछि सेन्ट पिटर्स बासिलिकाको झ्यालमा अर्जेन्टिनका कार्डिनल बेर्गोग्लियो
तस्बिरको क्याप्शन, अर्जेन्टिनका कार्डिनल बेर्गोग्लियो क्याथलिक इसाईहरुको चर्चका नयाँ प्रमुख भए। सेन्ट पिटर्सको बासिलिकाबाट त्यसबारे घोषणा हुँदा घन्ट बजाइएको थियो र बाहिर उत्सुक जमातहरु खुशी भएका थिए।
गत ६ जुलाईमा अवतरणका क्रममा स्यान फ्रान्सिस्कोको विमानस्थलमा दुर्घटनाग्रस्त भएको विमान नजिकै उद्धारकार्यमा खटिएका अधिकारीहरु
तस्बिरको क्याप्शन, स्यान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको बोइङ ७७७ विमान। सो दुर्घटनामा दुई जनाको ज्यान गयो भने कयौं व्यक्ती घाइते भए। एक जना चालकको भनाइमा अवतरण गर्ने बेला विमान निकै कम गतिमा उडिरहेको थियो।
गत १८ नोभेम्बरमा उत्तरी सुमात्रामा ज्वालामुखी विष्फोट भएपछिको धुँवा हेर्दै एक महिला
तस्बिरको क्याप्शन, इण्डोनेसियाको उत्तरी सुमात्रामा दुई वटा ज्वालामुखी विष्फोट भएपछि त्यस क्षेत्रबाट पाँच हजार भन्दा बढि गाउँलेहरुलाई अन्यत्र सार्नु परेको थियो। ज्वालामुखीको धुँवाका कारण आकासमा विमानको उडान समेत प्रभावित भएको थियो।
गत २८ मे मा टर्कीको इस्तानबुलमा भिड नियन्त्रणको क्रममा एक महिलामाथि पिरो स्प्रे छर्कदै टर्कीको प्रहरी
तस्बिरको क्याप्शन, टर्कीको इस्तानबुलमा एउटा पार्क बनाउने सरकारी योजनाको तिब्र विरोध भएपछि सरकारले भीड नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नु परेको थियो।
सिरियामा राष्ष्ट्रपति बशर अलअसद पक्षका एक लडाकूको गोली लागेर घाइते भएका आफ्ना सहयोद्धाको उद्दार गर्दै विपक्षी फ्रि सिरियन आर्मीका सदस्यहरु
तस्बिरको क्याप्शन, सिरियाको अलेप्पो क्षेत्रमा राष्ष्ट्रपति बशर अल असद पक्षका एक लडाकूको गोली लागेर घाइते भएका आफ्ना सहयोद्धाको उद्दार गर्दै विपक्षी फ्रि सिरियन आर्मीका सदस्यहरु। सिरियामा लम्बिदों द्वन्द्वले बढी जातिय रुप लिएको देखिदैछ।
बंगलादेशको ढाका नजिकैको साभर क्षेत्रमा गार्मेन्ट कारखानाको भग्नावशेषमा पुरीएकाहरु मध्ये एकको जिउँदै उद्दार गरिंदै
तस्बिरको क्याप्शन, बंगलादेशको राजधानी ढाका नजिकै रहेको एक आठ तले गार्मेन्ट फ्याक्ट्रीको भवन भत्किंदा ११ सय भन्दा बढी व्यक्तीको ज्यान गयो। त्यसक्रममा घाइते भएका थुप्रै कामदारहरु अझै काममा फर्किन सकेका छैनन्, कयौंको अवस्था गम्भीर रहेको बताइन्छ।
४ नोभेम्बर २०१३ मा बैंककको एउटा स्मारक नजीकै ट्रकमा चढेर थाई झण्डा हल्लाउंदै एकजना प्रदर्शनकारी
तस्बिरको क्याप्शन, बैंककका सडकहरुमा भएको विरोध प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले कैयौं सरकारी मन्त्रालयहरु घेरेका थिए। प्रदर्शनकारीहरुले प्रधानमन्त्री यिंगलक शिनावातको सरकारले राजीनामा दिनु पर्ने माग गरेका थिए। सरकारको नियन्त्रण उनका दाजु, निर्वासनमा रहेका भूतपूर्व प्रधानमन्त्री थाकसिन शिनावातले गर्ने गरेको उनीहरुको आरोप थियो।
नेल्सन मण्डेलाको पार्थिव शरिरलाई तोपगाडीमा सम्मानपूर्वक राखेर समाधिस्थ गर्न १५ डिसेम्बरमा उनको जन्मथलो कुनु लगिएको थियो
तस्बिरको क्याप्शन, दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको शवलाई राजकीय अन्येष्टि समारोहमा राजनीतिक तथा धार्मिक नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेपछि उनको पुर्ख्यौली जमिनमा समाधिस्थ गरिएको थियो। नेल्सन मण्डेलाको गत ५ डिसेम्बरमा ९५ बर्षको उमेरमा निधन भएको थियो।
मण्डेलाको निधन भएपछि आयोजित स्मृतिसभामा क्युबाका राष्ट्रपति राउल कास्ट्रोसंग हात मिलाउंदै अमेरिकी राष्ट्रपति बाराक ओबामा
तस्बिरको क्याप्शन, दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको निधनपछि आयोजित स्मृतिसभामा सम्बोधन गर्नु अघि क्युबाका राष्ट्रपति राउल कास्ट्रोसंग अमेरिकी राष्ट्रपति बाराक ओबामाले हात मिलाएर अभिवादन गरेका थिए। करिव आधा शताब्दी देखि तिक्ततापूर्ण सम्वन्ध रहेका दुई देशका प्रमुखबीच यो अभूतपूर्व सम्पर्क थियो।
भारतको गुजरातको सुरतमा नवरात्रीको अवसरमा गर्वा नाच नाच्दै हिन्दूहरु
तस्बिरको क्याप्शन, भारतको पश्चिमी राज्य गुजरातको सुरतमा नवरात्री पर्वका बेला हिन्दु धर्मावलम्बीहरु परम्परागत लोक नृत्यमा सहभागी हुने गर्दछन्।