टर्कीमा मन्त्रीमण्डलको आकस्मिक पुनर्गठन

टर्कीको मन्त्रीमण्डल
तस्बिरको क्याप्शन, टर्कीमा पुनर्गठित मन्त्रीमण्डलमा दशजना नयां मन्त्रीको नाम रहेको छ
Published

टर्कीका प्रधानमन्त्री रिजेप टाइईप एर्दोआनले मन्त्रीमण्डलमा आकस्मीक पूनर्गठन गरेका छन्।

बुधबार अबेर उनले राष्ट्रपति अब्दुल्लाह गुल समक्ष प्रस्तुत गरेका सूचीमा दशजनाको नयां नाम थियो।

बुधबार दिउंसो नै तीनजना मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्रीले मन्त्रीमण्डलमा परिवर्तन गरेका हुन्।

परिवर्तन

मन्त्रीमण्डलमा गरिएको फेरबदलका बारे एउटा पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री एर्डोआनले भने, “मन्त्रीमण्डलमा दशजना मन्त्रीहरुलाई परिवर्तन गरिएको छ। महिनाको अन्त्यतिर म मन्त्रीमण्डलमा परिवर्तन गर्दैछु भनेर मैले पहिले पनि भनेको थिएं, अहिले त्यसै अनुसार गरिएको छ।

“केहि मन्त्रीहरुले अहिले विकसित घटनाक्रमहरुपछि राजीनामा दिएका छन् केहिले मेयरको निर्वाचनमा भाग लिनेछन् र केहि परिवर्तन मैले आफ्नो विवेकले गरेको छु“

राजीनामा दिने, आन्तरिक मामिला, वातावरण र अर्थमन्त्रीहरुका छोराहरुलाई सरकारी ठेक्का वितरणमा भएको भनिएको भ्रष्टाचारको सम्बन्धमा जारी अनुसन्धानको क्रममा गिरफ्तार गरिएको थियो।

राजीनामा

त्यस्तो छानविन लाई फोहोरी खेल भन्दै वातावरण मन्त्रीले प्रधानमन्त्रीको राजीनामाको माग गरेका थिए।

इस्तानबुलमा रहेका बीबीसीका एकजना सम्बाददाता भन्छन्, मन्त्रीमण्डलमा परिवर्तन गरेर प्रधानमन्त्रीले आफ्नो आधिकारीकतालाई सुदृढ बनाउने प्रयास गरेका छन्।

टर्कीको संचारमाध्यमका अनुसार भ्रष्टाचार छानविनको सिलसिलामा भूतपूर्व आन्तरिक मामिला मन्त्री तथा सांसद इद्रीस नईम सहिमले सत्ताधारी एके पार्टीबाट समेत राजीनामा दिएका छन्।

प्रधानमन्त्री एर्दोआनले भ्रष्टाचाको छानविनलाई आफ्ना सहकर्मीहरु विरुद्धको कार्वाही भनेका छन्।

तर उनले आफ्नो पार्टीले भ्रष्टाचारलाई बेवास्ता वा सहन भने नगर्ने बताएका छन्।