सिरियाली विरोधीहरु सम्मुख वार्ता गर्दै

syria
तस्बिरको क्याप्शन, सिरिया सरकार र विपक्षीहरुले यसअघि वार्तामा संगै बस्न अस्वीकार गरेका थिए
Published

राष्ट्रसंघीय मध्यस्थतकर्ता लख्दर ब्राहिमीले सिरियाका द्धन्द्धरत पक्ष जिनेभा शान्ति सम्मेलनमा एकै ठांउमा बसेर वार्ता गर्न तयार भएको बताएका छन्।

यसअघि दुवै पक्षले एक अर्कासंग सम्मुख वार्ता गर्न अस्वीकार गर्दै आएका थिए।

आशा

दुवै पक्ष राजी भएपछि जिनेभामा जारी शान्ति सम्मेलनमा अब उनीहरु एउटै कोठामा बसेर वार्ता गर्नेछन्।

संयुक्त वार्ता अस्वीकार गर्दै आएका परपस्पर विरोधी पक्षहरु एकै ठाउंमा बस्ने भएपछि सिरिया संकट समाधानका लागि झीनै भएपनि आशा जगाएको ठानिएको छ।

उनीहरुलाई एउटै कोठामा वार्ता गर्न मनाउन ब्राहिमीले तीन दिनसम्म प्रयास गरेका थिए।

दोष

syria
तस्बिरको क्याप्शन, महिनौंयताको हिंसामा सिरियामा सयौंले ज्यान गुमाएका छन् भने हजारौं विस्थापित भएका छन्

यसअघि शान्ति सम्मेलनको पहिलो दिन विना कुनै उपलब्धि सकिएको थियो र त्यसका लागि दुवै पक्षले एक अर्कामाथि दोष लगाएका थिए।

लगत्तै सिरिया सरकारका प्रतिनिधिहरुले ठोस उपलब्धि नभए वार्ताबाट बाहिरिने चेतावनी दिएका थिए।

अब संयुक्त वार्ताले केही आशावादी बनाएपनि वार्ताकारहरुले ठूलो शान्ति सम्झौताभन्दा पनि स्थानीय युद्धविराम गराउन आफ्ना प्रयासहरु केन्द्रित गरेको बताइएको छ।