थाइल्याण्डमा आमनिर्वाचनमा मतदान

तस्बिर स्रोत, AFP
थाइल्याण्डमा, निर्वाचन रोक्ने उद्देश्यले महिनौंसम्म गरिएका विरोध प्रदर्शनहरुका माझ, आम निर्वाचनमा मतदान आरम्भ भएको छ।
देशको प्रमुख विपक्षी पार्टीले निर्वाचन बहिष्कार गरेको छ।
उक्त पार्टीका समर्थकहरुले मतदान केन्द्रहरुसम्म मतपत्र लैजाने कार्यमा अवरोध खडा गरिरहेका थिए।
विपक्षी पार्टीले सरकारलाई अर्को अनिर्वाचीत कमिटीले प्रतिस्थापन गर्नु पर्ने र त्यसबाट भ्रष्टाचार नियन्त्रण हुनुपर्ने माग गरिरहेको छ।
भिडन्त
आम निर्वाचनमा मतदान आरम्भ हुन केहि घण्टा बांकी छंदा सरकार समर्थक र विपक्षी कार्यकर्ताहरुबीच राजधानी बैंककका सडकहरुमा भिडन्त भएका थिए। त्यसक्रममा ६ जना घाइते भएका छन्।
बैंककस्थित बीबीसीका सम्बाददाता जन सडवर्थ भन्छन्, यो निर्वाचन एकदमै गहिरोसंग विभाजीत थाइल्याण्डमा भैरहेको छ जहां मतभेदको मुख्य विषय निर्वाचनमा जीत या हारको होइन, बरु त्यस्तो निर्वाचन नै हुनु हुन्छ की हुंदैन भन्ने हो।
राजधानी बैंककको एउटा उपनगरिय इलाकामा, मतदानको पूर्व संन्ध्यामा परस्पर विरोधी समूहहरु बीच गोली हानाहान भएपछि मतदान स्थगित गरिएको छ।
विपक्षीहरुले देशका विभिन्न निर्वाचन क्षेत्रहरुमा मतपत्रको वितरण रोकिदिएका थिए।
आरोप

तस्बिर स्रोत, Reuters
सरकार सत्ता जित्नका लागि भ्रष्टाचार र पक्षपोषणमा लागेको तिनीहरुको आरोप छ।
निर्वाचन रद्द गरेर एउटा “अनिर्वाचीत जनपरिषद” भनिने निकायको स्थापना हुनु पर्ने माग विपक्षीले गरिरहेको छ।
अर्को तर्फ सरकार समर्थकहरु- जो विशेषगरी तुलनात्मक रुपमा गरिब, ग्रामिण उत्तरपूर्वी क्षेत्रका छन्- तिनीहरुको भनाई छ निर्वाचन मार्फत जीत हासिल गर्न नसक्ने थोरै शहरी उच्च वर्गले तिनको अधिकार कुण्ठीत गर्न खोज्दैछन्।





















