रुसी सैन्य गतिविधिप्रति अमेरिकी चेतावनी

तस्बिर स्रोत,
युक्रेनमा रुसी सैन्य गतिविधिहरु शुरु भएको भन्दै युक्रेनका अन्तरिम राष्ट्रपति ओलेक्जान्डर टुर्चिनोभले रुसले क्रिमियामा तनाव बढाएको आरोप लगाएका छन्।
उनले रुसले क्रिमियामा तनाव बढाएको आरोप लगाए।
रुसले भने आफ्नो कदमको बचाउ गरेको छ।
ह्वाइट हाउसमा बोल्दै ओबामाले युक्रेनमा जारी सैन्य गतिविधिप्रति चिन्ता व्यक्त गरे।
“युक्रेनमा रुसी सैन्य क्रियाकलापहरु भइरहेका खबरबाट हामी चिन्तित भएका छौं, रुशको युक्रेनसंग ऐतिहाँसिक सम्वन्ध छ र क्रिमियामा सैन्य अखडा पनि छ।”
“तर यदि त्यस्ले युक्रेनको सार्वभौमसत्ता र अखण्डतामाथि कुनै आँच आयो भने त्यस्ले ठूलो हलचल मच्याउँनेछ।”
ओबामाले युक्रेनको संयमताको प्रशंसा गरे।
‘गैरकानूनी’
राष्ट्रसंघको लागि युक्रेनी राजदूतले चांही रुसले युक्रेनको क्रिमिया क्षेत्रमा गैरकानूनी रुपमा सैन्य हेलिकोप्टर र विमानहरु पठाएको बताएका छन्।
उनको भनाइमा रुसी सैन्य फौजहरु क्रिमियाको मुख्य विमानस्थलमा छरिएका छन्।
तर राष्ट्रसंघका लागि रुसी राजदूत विताली चुर्कीनले युक्रेनभित्रका कुनै पनि रुसी सैन्य गतिविधि मस्को र किएभबीचको सन्धी र सम्झौताहरुको दायराभित्र रहेको बताए।
राष्ट्रसंघका लागि अमेरिकी राजदूतले युक्रेनमा तत्कालै एक अन्तर्राष्ट्रिय मध्यस्तता टोली खटाउनु पर्नेमा जोड दिएका छन्।
क्रिमियास्थित एक बीबीसी सम्वाददाता भन्छन् त्याहाँका दूरसञ्चार केन्द्र, राज्यको टेलिभिजन भवन र स्थानीय संसदमा पारामिलिटरी फौजहरु खटाइएका छन्।





















