मेडिटेरेनियन खाना स्वस्थ्यकर: अनुसन्धान

ओलिभ तेल र सागपात सहितको सलाद या तरकारी भएको खाना स्वास्थ्यकर रहेको बैज्ञानिकहरु बताउँछन्
तस्बिरको क्याप्शन, ओलिभ तेल र सागपात सहितको सलाद या तरकारी भएको खाना स्वास्थ्यकर रहेको बैज्ञानिकहरु बताउँछन्
Published

ओलिभबाट निकालिएको तेल र सागपात सहितको सलाद अथवा तरकारीका कारण नै भुमध्यसागरीय कैयौं देशमा खाइने मेडिटेरेनियन भनिने खाना स्वस्थ्यकर भएको वैज्ञानिकहरुले बताएका छन्।

उनीहरुले पीएनएस जर्नललाई बताए अनुसार यि दुइ प्रकारका खानेकुरा सँगसँगै खाँदा उत्पन्न हुने नाइट्रो फ्याट्टी एसीडले रक्तचाप कम गर्छ।

ग्रीस स्पेन र इटली जस्ता भुमध्यसागरीय राष्ट्रका परम्परागत खाद्यशैलीलाई उदाहरणीय मानिन्छ।

र यिनै खानका कारण ति क्षेत्रका मानिसहरुको चुस्त स्वास्थ्य र स्वस्थय मुटु रहने गरेको विश्वाश गरिन्छ।

प्रतिक्रिया

मेडिटेरिनियन भनेर चिनाइने गरिएका ति खानामा प्रशस्त तरकारी, ताजा फलफूल, बोक्रा नफालिएका अन्नबाट बनाइएका खाना, ओलीभ तेल र पिस्ता बदाम जस्ता खानेकुरा साथसाथै कुखुरा र माछा पर्छन्।

तर रातो मासु नौनी र जनावरबाट प्राप्त हुने घीउजन्य पदार्थ भने पर्दैनन्।

ति खानामा कुनै न कुनै प्रकारका पोषण त हुनै भए अनुसन्धानकर्ताहरु भने के का कारण त्यस्ता खाना यति धेरै स्वस्थकर हुन्छ भन्ने अन्यौलमा रहँदै आएका छन्।

किंग्स कलेज लण्डनका प्रोफेशर फिलीप इटन र अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्मीहरु ति खाद्यान्नको सामुहबाट निसक्ने नाइट्रो फ्याट्टी एशिडका कारण यो सबै हुने विश्वास गरेका छन्।

ब्रीटीश हार्ट फाउन्डेशनले पनि आंशिक आर्थिक सहयोग उपलब्ध गराएको उक्त अध्ययनको परिक्षण मुसामा गरिएको थियो।

नाइट्रो फ्याट्टी एसीडले इपोक्साइड हाइड्रोलेज भन्ने इन्जाइम बन्न रोकेर रक्तचाप घटाउने बताइएको छ।

प्रोफेशर इटन भन्छन्, मानिसहरुमा पनि त्यस्तै इन्जाइम हुन्छ त्यसैले हामी मानिसमा त्यस्तै प्रतिक्रिया हुन्छ भन्ने ठान्छौं।

सलाद र ओलीभ तेलका बीच प्रतिक्रिया हुँदा निस्कने नाइट्रो फ्याट्टी एसीडले रक्तचाप कम राख्न मद्दत गर्छ
तस्बिरको क्याप्शन, सलाद र ओलीभ तेलका बीच प्रतिक्रिया हुँदा निस्कने नाइट्रो फ्याट्टी एसीडले रक्तचाप कम राख्न मद्दत गर्छ

यसैले मेडिटेरेनियन खानामा तेलजन्य पदार्थ धेरै भइकन पनि स्वस्थकर किन हुन्छ भन्ने व्याख्या गर्छ।

वचावट

मेडिटेरेनियन खानामा भएको तेल र सागपातको नाइट्रेट या नाइट्राइटसँग खाँदा हुने रासायनिक प्रतिक्रियाले नाइट्रो फ्याट्टी एसीड बनाउँछ।

यो प्रकृतिको वचाउ प्रक्रिया हो। हामीले यसलाई ठ्याक्क उपयोग गर्न सक्यौं भने उच्च रक्तचाप नियन्त्रण गर्ने औषधी बनाउन र अन्तत मुटुरोग हुनबाट बचाउन सक्छौं।

उनले मान्छेमा परिक्षणको योजना बनाइएको बताएका छन्।

ब्रीटीश हार्ट फाउन्डेशनका डा सन्जय थकरर भन्छन्, "यो अनुसन्धानले भुमध्यसागरीय खाना किन तपाइको मुटुको लागि सहि छ भन्ने बताएको छ। तर मुसामा मात्र अनुसन्धान पगरिएकाले थप अनुसन्धान हुन आवश्यक छ।"

सागपातसँग पिस्ता बदाम ओखर र एभोक्याडो खाँदा पनि त्यस्तै काम गर्न सक्छ।