पाँचौं कार्यकालका लागि तयार छु: ब्ल्याटर

ब्राजीलमा विहिबार हुने विश्वकपको रमझम शुरु भएको छ
तस्बिरको क्याप्शन, ब्राजीलमा विहिबार हुने विश्वकपको रमझम शुरु भएको छ
Published

फिफा अध्यक्ष सेप ब्ल्याटरले पाँचौपटक फिफाको अध्यक्ष बन्न चाहेको संकेत गर्दै उनको राजीनामाको माग गरेको युरोप फुटबल अशोशियशनले आफ्नो अनादार गरेको बताएका छन्।

फुटबलको सर्वोच्च कार्यकारी निकायमाथि लागिरहेको भ्रष्टाचारको आरोपले पुर्याएको क्षतिप्रति उनको ठूलो आलोचना भइरहेको छ।

७८ वर्षीय स्वीस नागरिक ब्ल्याटरले युरोपियन समकक्षीको राजीनामाको मागले उनलाई आक्रोशित बनाएको बताएका छन्।

ब्राजीलमा आयोजित फिफा कंग्रेसमा उनले भने, "यो मेरो अहिलेसम्मको जीवनमा सबभन्दा अनादारपूर्ण कुरा हो।"क़

लक्ष्य

विहिबार ब्राजीलमा शुरु हुने विश्वकपको ठिक अगाडि ब्ल्याटरले भने- उनको लक्ष्य पुरा भएको छैन।

फिफामा उमेरको बन्देज नलगाउने र अधिकारीहरुको कार्यकाल संख्यामा पनि बन्देज नलगाउने निर्णय गरिएको थियो।

आलोचनामा परेका फिफा अध्यक्ष सेप ब्ल्याटरले पाँचौ कार्यकाल पनि चाहेको संकेत गरेका छन्
तस्बिरको क्याप्शन, आलोचनामा परेका फिफा अध्यक्ष सेप ब्ल्याटरले पाँचौ कार्यकाल पनि चाहेको संकेत गरेका छन्

कतारमा सन २०२२ मा विश्वकप लैजाने निर्णय गर्दा भएको भनिएका भ्रष्टाचारका आरोपपछि ब्ल्याटरको आलोचना बढ्दो छ।

पहिले सन २०११ मा शुरु भएको कार्यकालपछि अवकाश लिने भनेका ब्ल्याटरले आफ्नो त्यहि भनाइ कायम गरुन भन्दै ब्रीटेन र युरोपका अन्य फुटबल अध्यक्षहरुले भनेका छन्।

ताली

तर ब्राजिलमा आयोजित कंग्रेसमा भनाइ टुंग्याउँदा उनले भव्य ताली पाएका थिए।

उनी भन्छन्, "मलाई थाहा छ जुरिचमा मे २९ मा मेरो कार्यकाल समाप्त हुन्छ तर मेरो लक्ष्य पुरा भइसकेको छैन। हामीले नयाँ फिफा सँगसँगै बनाउनेछौं। हामीसँग आधार छ र किनभने हामीसँग अब चारवर्षका लागि बजेट छ।"

उनले ब्राजीलमा भएको फुटबलको कंग्रेसमा दिएको भाषणमा भनेका छन् "तिमिले यो गौरवशाली संस्था कसले अगाडि लग्ने भन्ने निर्णय गर्ने हो। तर म भन्न चाहन्छु म भविष्यका लागि तिमिहरुसँगसँग हिँडन तयार छु"

वार्षिक कंग्रेसमा अनुसन्धानकर्ता माइकल गारसियाले भनेका छन्, उनले सन्डे टाइम्सले पाएका सबैजसो फाइलहरुको समीक्षा गरिसकेका छन्।

अनुसन्धान

उनले ति फाइलहरु मिडियामा पुग्नुभन्दा पहिले नै लामो समयदेखि आफुले अनुसन्धान गरिरहेको बताएका छन्।

ब्राजीलमा हुने फुटबल विश्वकपको अवसरमा सहभागी राष्ट्रहरु र फुटबल प्रेमीहरु ब्राजील पुगिसेका छन्
तस्बिरको क्याप्शन, ब्राजीलमा हुने फुटबल विश्वकपको अवसरमा सहभागी राष्ट्रहरु र फुटबल प्रेमीहरु ब्राजील पुगिसेका छन्

गत ६ महिनामा गारसियाले सन २०१८ र २०२२को फुटबल कहाँ गर्ने भन्ने निर्णय गरेका फुटबल पदाधिकारीसँग कुराकानी गरिसकेको बताए।

उनको अनुसन्धान रिपोर्ट अब छ हप्तामा बुझाउने बताइएको छ।

ब्ल्याटरले गत हप्ता गारसियाको अनुसन्धानको परिणाम केहि समयपछि सार्वजनिक हुने बताएका थिए।

नयाँ प्रस्ताव

कंग्रेसमा आफ्नो भनाइ टुंग्याउँदै ब्ल्याटरले फुटबल खेलका लागि एउटा नयाँ प्रस्ताव गरेका छन्।

उनको प्रस्ताव अनुसार एउटा खेल भइरहेका बखत व्यवस्थापकहरुले टेलिभिजन समीक्षामा दुइपटक सम्म रेफ्रिहरुको निर्णयमा प्रश्न उठाउन सक्छन् ।

त्यो एउटा खेलमा दुइपटक मात्र गर्न पाउनुपर्ने व्ल्याटरको प्रस्ताव छ। यस्तो योजना इन्टरनेशनल फुटबल अशोशियशन बोर्डले स्वीकृत गर्नुपर्नेछ।