विश्वकपमा आज: सातौं दिनको खेल र अनुमान

तस्बिर स्रोत, n
पहिले खेलमा नेदरल्याण्डस् संग ५-१ को नराम्रो हार पछि, गत विश्वकपको विजेता स्पेनले समूह बी को आफ्नो दोस्रो खेल प्रसिद्ध माराकाना रंगशालामा चिलीको विरुद्ध खेल्दैछ।
आज स्पेनले आफ्नो स्तब्धकारी शुरुआती प्रदर्शनमा सुधार ल्याउने प्रयास गर्नेछ।
नेदरल्याण्डस् अष्ट्रेलियासित र क्यामरुन क्रोएशियासंग भिड्दैछन्। आज सातौं दिनको खेलका बारे बीबीसी स्पोर्टका फुटबल विज्ञ मार्क लरेन्सन् को विश्लेषण:
अष्ट्रेलिया र नेदरल्याण्डस् “आज अष्ट्रेलियाले फेरि पनि ज्यु ज्यान लगाएर खेल्नेछ। तर नेदरल्याण्डस् को खेल स्तरलाई चुनौती दिन उस्लाई गाह्रो पर्नेछ।
“नेदरल्याण्डस् ले आफ्ना खेलाडीहरु सावधान भएर खेलमा प्रस्तुत नहोलान् की भनेर मात्र ध्यान दिए पुग्न सक्छ।
“तिनीहरुले स्पेनका विरूद्ध निश्चय ने बेजोडको प्रदर्शन गरेका हुन् तर त्यसको मतलब आज मैदानमा उत्रिने वित्तिकै सजीलै खेल जितिन्छ भन्ने होइन।“
स्पेन र चिली
“ पहिलो खेलको उत्तरार्धमा स्पेनको टोली नेदरल्याण्डस् का सामु धराशायी नै भएको देखिएको थियो। त्यसबेला मध्यान्तर अघि १-० ले अगाडी रहेको अवस्थामा डेभिड सिल्भालाई प्राप्त अवसरलाई गोलमा परिणत गर्न सकेको भए तिनीहरुले खेल जित्ने निश्चित जस्तै थियो।“
“आजको खेलमा स्पनेका म्यानेजर भिसेन्टे डेल बोस्केले केहि परिवर्तनहरु गर्ने अपेक्षा गर्न सकिन्छ। हुन त चिलीले यसअघि अष्ट्रेलियालाई पराजीत गरिसकेको छ तर मेरो अनुमान आज स्पेनले चिलीलाई जित्छ की भन्ने छ।“

तस्बिर स्रोत, AFP
क्यामरुन र क्रोएशिया
“ क्रोएशियाले अब ब्राजीलसंगको खेलमा आफू विरुद्ध भएका निर्णयहरुलाई बिर्सेर ताजा रुपमा प्रस्तुत हुन जरुरी छ।“
“तिनीहरुले आफ्नो सकारात्मक पक्षमा ध्यान दिनु पर्छ किनकी तिनीहरुले ब्राजीलका सामु केहि अप्ठ्याराहरु पनि खडा गरिदिएका थिए।“
“क्यामरुनको खेलमाथि विचार गर्ने हो भने तिनीहरु मेक्सिकोका सामु निकै फितलो रुपमा प्रस्तुत भएका थिए।“





















