विश्वकप २०१४ मा तोडिएका पाँच कीर्तिमान

कोलम्बीयाले आफ्नो इतिहासकै सबैभन्दा शानदार फूटबल अहिले प्रदर्शन गरिरहेको छ
तस्बिरको क्याप्शन, कोलम्बीयाले आफ्नो इतिहासकै सबैभन्दा शानदार फूटबल अहिले प्रदर्शन गरिरहेको छ
Published

बीबीसी स्पोर्टसका स्टेफन फोट्रेलले यहाँ यसपटकको विश्वकपमा कायम भएका मुख्य पाच कीर्तिमानहरुको चर्चा गरेका छन्।

ब्राजीलमा जारी विश्वकपलाई इतिहासको एउटा अत्यन्त रोमाञ्चक विश्वकप भनेर प्रशंसा गरिएको छ र धेरै तथ्यहरुले यसलाई प्रमाणित पनि गरेको छ।

लामो समयदेखि कायम – गोल, उमेर र खेलाडीको नामको लम्बाइ—को कीर्तिमान यसपटक भंग भैसकेका छन्।

एकदमै सामाजिक विश्वकप

सामाजिक सञ्जालहरु जस्तै फेसबुक र ट्वीटर दुवैमा यसपाली कीर्तिमानी संख्यामा विश्वकप सम्बन्धी बहस भएको छ।

ब्राजीलले पेनाल्टी प्रहारमा चिलीलाई हराएको खेलकोबारेमा मात्र एक करोड चौसठ्ठी लाख ट्वीट गरिएको थियो।

त्यस मध्ये पनि नाटकीय रुपमा चिलीका गोन्जालो जाराले निर्णायक पेनाल्टी गोल गर्न असफल भएको बारे ३ लाख ८८ हजार ९८५ वटा ट्वीट भएको थियो।

अहिलेसम्मकै सबैभन्दा बढी ट्वीट गरिएको क्षण
तस्बिरको क्याप्शन, अहिलेसम्मकै सबैभन्दा बढी ट्वीट गरिएको क्षण

सामाजिक सञ्जालको इतिहासकै त्यो सबैभन्दा बढी ट्वीटको आदान प्रदान भएको घटना हो।

यसअघि सन् २०१४ मै सुपर बाउलको खेलका बेला एक मिनेटमा ३ लाख ८२ हजार ट्वीट गरिएको थियो जसले सन् २०१२ को अमेरिकी निर्वाचनको बेला बनेको ३ लाख २७ हजार ४५२ ट्वीटको संख्या नाघेको थियो ।

फेसबुकमा यो विश्कवपलाई लिएर एक अर्बवटा अन्तर्क्रियाहरु भए जुन उक्त सामाजिक सञ्जाल स्थापना भएको १० वर्षमा सबैभन्दा ठूलो संख्या हो।

गोल

गोलका हिसाबले निर्णय गर्ने हो भने यसपटकको विश्वकप अहिलेसम्मकै सबैभन्दा मनोरञ्जनात्मक देखिएको छ किनभने समूह चरणमा नै कीर्तिमानी १ सय ३६ गोल भएका छन्।

यसअघिको कीर्तिमान रहेको सन् २००२ को जापान र दक्षिण कोरियामा भएको विश्वकप भन्दा यो संख्या छ गोलले बढी हो।

नकआउट चरणमा पुग्दा नाइजेरियाविरुद्ध पउल पोग्बाले गरेको हेड गोल १ सय ४६ औ गोल थियो जुन सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको कुल गोल संख्या भन्दा एक गोल बढी हो।

अघिल्लो विश्वकपको सो गोल संख्या ६४ वटा खेलको संस्करण सुरु भए यताकै सबैभन्दा कम थियो।

यस पटकको विश्वकप रोजर मिल्लाका लागी खराब सावित भएको छ
तस्बिरको क्याप्शन, यस पटकको विश्वकप रोजर मिल्लाका लागी खराब सावित भएको छ

मिल्लालाई उछिने मोन्ड्रागोनले

कोलम्बियाले विश्वकपको हालसम्मकै आफ्नो शानदार प्रदर्शन देखाउने क्रममा अहिलेसम्मका आफ्ना चारवटै खेल जितेको छ र इतिहासमा नै पहिलो पटक क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

उनीहरुको टोलीमा अहिले विश्वकप खेलिरहेका सबैभन्दा बूढा खेलाडीका रुपमा ४३ बर्षीय गोलरक्षक फेएर्ड मोन्ड्रागोन छन् जसले सन् १९९४ मा क्यामरुनका स्ट्राइकर ४२ बर्षका रोजर मिल्लाले कायम गरेको कीर्तिमान भंग गरेका छन्।

जापान विरुद्ध चार एकको अन्तरले विजयी हुँदा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मोन्ड्रागनले उक्त खेल हुनु तीन दिन अघि आफ्नो जन्मदिन मनाएका थिए।

सन् २००५ यता आफ्नो देशका लागि उनले सहभागिता जनाएको यो पहिलो प्रतिस्पर्धात्मक खेल थियो।

एउटै मात्र गोल गर्दा पनि ग्रिसका सोक्रेटिस पापस्तातोपोलुसले कीर्तिमान बनाए
तस्बिरको क्याप्शन, एउटै मात्र गोल गर्दा पनि ग्रिसका सोक्रेटिस पापस्तातोपोलुसले कीर्तिमान बनाए

पापास्तातोपोलुस देखि जोसम्म

ग्रीस कोस्टारिकासँग पेनाल्टीमा पराजित भएपछि मुटु छियाछिया पार्दै विश्वकपबाट बाहिरियो तर उसले सबैभन्दा लामो थर भएका गोलकर्ताको हक ब्राजीलमा दाबी गरेको छ।

कोस्टारिकासँग बराबरी गर्दै खेललाई थप समयमा पुर्याउन नाटकीय रुपमा गोल गरेका सोक्रेटिस पापस्तातोपोलुसले उक्त सम्मान कायम गरे।

कीर्तिमान कायम गर्ने नाम उनको मात्र थिएन्, किनभने उनीभन्दा अघि ब्राजीलका अग्रपंक्तिका खेलाडी जोले सबैभन्दा छोटो थर भएका विश्वकपमा सहभागी खेलाडीको रुपमा आफ्नो नाम लेखाइसकेका थिए।

घानाका असुमो उजानले विश्वकपमा अफ्रिकाबाट सबैभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाए
तस्बिरको क्याप्शन, घानाका असुमो उजानले विश्वकपमा अफ्रिकाबाट सबैभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाए

अफ्रिकाका उच्च गोलकर्ता

घाना विश्वकपको समूह चरणबाट दु:खदायी रुपमा बाहिरिएको जस्तो देखियो तर उनीहरुको अभियानलाई बोनस सम्बन्धी विवाद र अनुशासनहीनताले छायामा पारेको थियो।

त्यसका बाबजुद चर्चित अश्वेत टोलीले एउटा चाँदीको घेरा कायम राख्यो जब उसका उग्रपंक्तिका खेलाडी असुमो उजानले अफ्रिकाको सबैभन्दा उच्चगोल कर्ताको रुपमा आफ्नो नाम लेखाए।

पोर्चुगलसँग दुई एक गोल अन्तरले हार्दाले उजानले विश्वकपमा गरेको त्यो छैठौँ गोल थियो।

समूह ‘जी’को खेलमा जर्मनीविरुद्ध गोल हानेका २८ बर्षीय उनी तीनवटा विश्वकपको अन्तिम चरणमा गोल गर्ने पहिलो अफ्रिकी खेलाडी पनि बनेका छन्।

छैठौँ गोल गरेपछि उजानले यसअघि मिल्लाले राखेको पांच गोलको कीर्तिमान आफ्नो मात्र बनाएन्, क्यामरुनको विश्वकप अभियानलाई अहिलैसम्मकै खराब बनाइदिए।