स्वास्थ्यकर्मीका लागि नयाँ निर्देशिका

न्युयोर्कका चिकित्सक क्रेग स्पेन्सरमा इबोला देखिएपछि नयाँ निर्देशिका जारी भएको हो
तस्बिरको क्याप्शन, न्युयोर्कका चिकित्सक क्रेग स्पेन्सरमा इबोला देखिएपछि नयाँ निर्देशिका जारी भएको हो
Published

पश्चिम अफ्रिकामा इबोला संक्रमित बिरामीहरुको उपचार गरी स्वदेश फर्किने स्वास्थ्यकर्मीहरुप्रतिको चिन्ताबीच अमेरिकी स्वास्थ्य अधिकारीहरुले सक्रियतापूर्वक उनीहरुको निगरानी गरिने बताएका छन्।

अध्यावधिक गरी सोमबार लागु गरिएको नयाँ निर्देशिका अनुसार इबोलाका लक्षण भए वा नभएको हेर्न अधिकांश स्वास्थ्यकर्मीहरुको २१ दिनसम्म जाँच गरिनेछ।

इबोला प्रभावित क्षेत्रहरुबाट फर्किएका मानिसहरुको उपचारलाई लिएर चिन्ता व्यक्त भईरहेका बेला नयाँ नीति घोषणा गरिएको हो।

यद्यपि उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई छुट्टै निगरानीमा नराखिने अधिकारीहरुले बताएका छन्।

मापदण्ड

संयुक्त राष्ट्रसंघका महासचिवले जाँचसम्बन्धी लागु गरिएको नयाँ मापदण्डको निन्दा गरेका छन्।

इबोला भाइरसबाट १० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने झण्डै ५ हजार जनाको मृत्यु भईसकेको छ।

आफूलाई गरिएको जाँचबारे आलोचना गरेकी एक जना नर्सलाई घर जान दिइएपछि नयाँ घोषणा आएको छ।

नयाँ निर्देशिका विपरीत न्युजर्सीका गभर्नर क्रिस क्रिस्टीले ती नर्सलाई छुट्टै निगरानीमा राख्ने निर्णयको बचाउ गरेका छन्।

उनले त्यस्तो कार्य जारी राखिने बताए।

बन्देज

क्रिस्टीको भनाई राष्ट्रसंघका महासचिव बान की मूनको भनाईसँग बाझिएको छ।

त्यसअघि बानले संक्रमित क्षेत्रमा गएर सहयोग गर्न चाहनेमाथि बन्देजहरु लगाउन नहुने बताए।

त्यस्ता बन्देजहरु विज्ञानमा आधारित नभएको उनको भनाई थियो।

बानले भने, “उपचार गरेर फर्केका स्वास्थ्यकर्मीहरु अपवाद हुन्। उनीहरुमाथि प्रतिबन्ध लगाउनु हुँदैन। त्यस गर्नुको हुनै वैज्ञानिक आधार छैन्।”

न्युजर्सीसहितका तीनवटा राज्यहरुले भने इबोला संक्रमितहरुसँग संसर्ग भएकाहरुलाई २१ दिनसम्म छुट्टै निगरानीमा राख्न आवश्यक भएको बताएका छन्।