बर्लिन पर्खाल ‍ढलेको २५ वर्ष पूरा

२५ वर्ष अघि भएको उक्त घटनामा १ सय ३० भन्दा बढी मानिसहरुले ज्यान गुमाएका थिए।
तस्बिरको क्याप्शन, २५ वर्ष अघि भएको उक्त घटनामा १ सय ३० भन्दा बढी मानिसहरुले ज्यान गुमाएका थिए।
Published

कम्युनिष्टहरुको नियन्त्रणमा रहेको पूर्वी जर्मनीबाट पश्चिम जर्मनीमा मानिसहरुलाई जानबाट रोक्न बनाइएको बर्लिन पर्खाल ढलेको आइतवार २५ वर्ष पूरा भएको छ।

सन् १९६१ मा निर्मित उक्त पर्खाल १९८९ मा सयौं मानिसहरु पश्चिम जर्मनी भाग्ने क्रममा भत्किएको थियो।

जसको एकवर्ष बित्दा नबित्दै जर्मनी एकीकरणका लागि ढोका खुलेको थियो।

१५५ किलोमिटर लामो उक्त पर्खालमध्ये अहिले जम्मा तीन किलोमिटरमात्रै बांकी छ।

सम्झना

पर्खाल भत्काएर पश्चिम बर्लिन भाग्ने क्रममा कम्तीमा १३८ जना मानिसले ज्यान गुमाएका थिए।

उक्त घटना, दोस्रो विश्वयुद्धमा पराजित भएपछि विभाजित जर्मनीलाई एकीकरण गर्ने निर्णायक मोड बन्न पुग्यो।

बर्लिन पर्खालको पतन शीतयुद्ध अन्त्यको एउटा सशक्त सूचक समेत बन्न पुग्यो।

त्यस्तो महत्वपूर्ण ठानिने उक्त घडीको आइतबार जर्मनीमा विभिन्न कार्यक्रम गरी सम्झना गरिएको छ।

त्यस्ता कार्यक्रममा सरिक बनेकी जर्मनीकी चान्सलर एंगेल मर्केलले उक्त ऐतिहासिक घटनाले सपनाहरु सांचो हुन सक्छन् भन्ने सन्देश विश्वलाई दिएको बताइन्।

खासगरी अधिकारहरु अझै पनि खतरामा रहेका कतिपय मुलुकका नागरिकहरुलाई बर्लिन पर्खालको पतनले आशाको सन्देश दिएको उनले टिप्पणी गरिन्।