पाकिस्तानी स्कुलमा हमला हुँदा १०० को मृत्यु

तस्बिर स्रोत, Reuters
तालेवान बन्दूकधारीहरुले उत्तरपश्चिम पाकिस्तानको पेशावर सहरमा सेनाद्वारा संचालित एउटा विद्यालयमा हमला गर्दा बालबालिकासहित कम्तीमा १०० जनाको ज्यान गएको छ।
मारिनेमध्ये ८० जना बालबालिका रहेको अधिकारीहरुले जनाएका छन्।
पेशावरका अधिकारीहरुले भनेका छन्, पांच वा छ जना सशस्त्र पुरुषहरुले बाहिरी पर्खाल चढेर उक्त विद्यालयमा प्रवेश गरेका थिए जहां पांच सय विद्यार्थी अध्ययन गर्दछन्।
पाकिस्तानी सुरक्षा सैन्यले उक्त विद्यालय भवनलाई घेराबन्दी गरेका छन् भने गोली चलेको आवाज सुनिएको छ।
उक्त विद्यालय तर्फ जाने सडक बन्द गरिएको छ।

तस्बिर स्रोत, Geo TV
उक्त विद्यालयबाट विद्यार्थीहरुलाई उद्धार गर्ने कार्वाही चलिरहेको छ।
सेनाले विद्यालयबाट धेरै जसो विद्यार्थी र कर्मचारीहरुलाई बाहिर निकालीसकिएको जनाएको छ।
स्थानीय अस्पताल अधिकारीहरुका अनुसार हालसम्म कम्तीमा ४० जनालाई चोटपटक लागेको बुझिएको छ।





















