जर्मनविङ्ग्स: 'हत्या अभियोगबारे अनुसन्धान हुने'

दुर्घटनामा विमानमा सवार सबै १ सय ५० जनाको ज्यान गएको थियो
तस्बिरको क्याप्शन, दुर्घटनामा विमानमा सवार सबै १ सय ५० जनाको ज्यान गएको थियो
Published

फ्रान्सका अभियोजनकर्ताहरुले जर्मनविङ्ग्स विमान दुर्घटना प्रकरणमा मानव हत्यासम्बन्धी अभियोग लगाउने वा नलगाउने विषयमा प्रारम्भिक अनुसन्धानको घोषणा गरेका छन्।

यद्यपि कोविरुद्ध त्यस्तो अभियोग लगाइनेछ भन्ने स्पष्ट पारिएको छैन्।

गत मार्चमा भएको उक्त दुर्घटनामा विमानमा सवार सबै १ सय ५० जनाको ज्यान गएको थियो।

मृत्यु हुनेमा अधिकांश स्पेन र जर्मनीका नागरिक थिए।

नियतबश

एकजना अभियोजनकर्ता ब्रिस होबानले भने, “विमानका को-पाइलट एन्ड्रिआस लुबित्सले निःसन्देह आल्पस पर्वतमा नियतबश उक्त विमान दुर्घटना गराएका थिए।”

तर जर्मनविङ्ग्स र लुफ्थान्साले २७ वर्षीय लुबित्स विमान उडानका निम्ति सबै जाँचमा उत्तीर्ण भएको बताउँदै आएका छन्।

को-पाइलट एन्ड्रिआस लुबित्स मानसिक तनावको शिकार भएको बताइन्छ
तस्बिरको क्याप्शन, को-पाइलट एन्ड्रिआस लुबित्स मानसिक तनावको शिकार भएको बताइन्छ

लुफ्थान्साले सन् २००९ मा पाइलटको लाइसेन्सका निम्ति गरिएको प्रशिक्षणका क्रममा लुबित्स मानसिक तनावको शिकार भएको थाहा भएको स्वीकार गरेको छ।

महशुस

होबानका अनुसार लुबित्सको उपचार गरेका चिकित्सकहरुले उनी उडानका निम्ति योग्य नभएको महशुस गरेपनि बिरामीहरुको गोपनीयतासम्बन्धी जर्मन कानुनका कारण रोजगारदातालाई त्यसबारे जानकारी गराएका थिएनन्।

उनले तीन जना मजिस्ट्रेटहरुद्वारा गरिने पाइलटका चिकित्सहरुको र विमान सञ्चालकबीचको जानकारीमा खाडल रहे वा नरहेको र रोजगारदाताहरुलाई के थाहा थियो तथा मानव हत्यासम्बन्धी आरोप लगाउन सकिने वा नसकिने विषयमा प्रारम्भिक अनुसन्धान केन्द्रित हुने बताए।

दुर्घटनामा ज्यान गुमाएका मानिसहरुका आफन्तसँग भेटघाट गरेपछि होबानको भनाइ सार्वजनिक भएको हो।